प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज दिल्लीस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

शर्माले आजै बिहान भारतीय विदेशमन्त्री एस जयशंकरसँग साउथ ब्लकमा भेटवार्ता गरेका छन् । उनीहरुबीच दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

शर्माले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । नेपाली प्रधानसेनापतिले हिजो भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *