Health

सीरो सर्वेक्षणको निष्कर्ष ‘दुईतिहाइ भारतीयमा कोरोना भाइरस’

सीरो सर्वेक्षणको निष्कर्ष ‘दुईतिहाइ भारतीयमा कोरोना भाइरस’

भारतमा एउटा नयाँ राष्ट्रिय सीरो सर्वेक्षणले छ वर्षभन्दा माथिका झन्डै ६७ नागरिक कोरोनाभाइरसको संसर्गमा पुगिसकेको जनाएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले ३६,२२७ जनालाई संलग्न गराएर उक्त सर्वेक्षण गरेको थियो। जुन र जुलाई महिनामा २१ वटा राज्यमा गरिएका ती सर्वेक्षणबाट प्रत्येक तीन जनामध्ये दुई जनामा कोभिडविरुद्ध विकसित प्रतिरक्षात्मक एन्टिबडी पाइएको छ। यसले अझै ४० करोड भारतीयहरू सङ्क्रमणको जोखिममा रहेको देखाउँछ र अधिकारीहरूले कोभिड मापदण्ड खुकुलो गरिएकोमा चेतावनी दिएका छन्। भारतले अहिलेसम्म तीन करोड १० लाख जनामा कोभिड सङ्क्रमण भएको उल्लेख गरेको छ। सरकारी तथ्याङ्कअनुसार कोभिडका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाखजति छ। केही सातायता दैनिक पुष्टि हुने…
Read More
भारतमा महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ।

भारतमा महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ।

भारतमा कोभिड-१९ महामारीका कारण अतिरिक्त मृत्युको सङ्ख्या ४० लाख नाघेको एउटा नयाँ अध्ययनले देखाएको छ। विगतका वर्षको तथ्याङ्कसँग तुलना गर्दा मृत्यु हुनेको अनुमानित सङ्ख्याभन्दा बढी मृत्युलाई अतिरिक्त मृत्युबाट मापन गरिन्छ। कोभिड-१९ कै कारण उक्त सङ्ख्यामा समाविष्ट कति जनाको मृत्यु भएको हो त्यो भन्न कठिन भए पनि अतिरिक्त मृत्युले महामारीको समग्र प्रभाव देखाउँछ। भारतमा कोभिडका कारण अहिलेसम्म चार लाख १४ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ। ठूलो अर्थतन्त्र भए पनि भारतले यो महामारीका बेला अतिरिक्त मृत्युको लगत राखेको छैन। अमेरिकास्थित सेन्टर फर ग्लोबल डिभेलप्मन्टका अध्ययनकर्ताहरूले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको तथ्याङ्क सङ्कलन गरेर भारतमा सबै…
Read More
प्रतिबन्धहरू खुकुलो पारिएका यी ६ देशमा के भएको छ

प्रतिबन्धहरू खुकुलो पारिएका यी ६ देशमा के भएको छ

इङ्ग्ल्यान्डमा जुलाई १९ बाट कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाइने त्यहाँको सरकारले पुष्टि गरेको छ। त्यसको अर्थ सामाजिक सम्पर्क गर्न पहिला कानुनी रूपमा लगाइएका सबै रोकतोक अब हट्नेछन्। अब केही सार्वजनिक स्थानमा मुख ढाक्नेगरी मास्क लगाउनु अनिवार्य हुनेछैन। नाइटक्लबहरू फेरि खुल्नेछन् तथा जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अब स्थगित भएको छ। संसारभरि कैयौँ देशले यो वर्ष कोरोनाभाइरसका आफ्ना प्रतिबन्धहरूलाई खुकुलो पारिरहँदा त्यसले मिश्रित परिणाम दिएको छ। इजरेल प्रभावकारी रूपमा कोभडि खोप अभियान सञ्चालन गरेको इजरेलले फ्रेबुअरीदेखि नै प्रतिबन्धहरू हटाउन थालेको हो। मध्यजुनबाट जनसङ्ख्याको आधा भागले दुवै मात्रा खोप लगाएपछि इजरेलमा मास्क लगाउन बन्द भयो र देश झन्डैझन्डै महामारीपूर्वको…
Read More
दुइवटा अक्सीजन कन्सट्रेटर हस्तान्तरण

दुइवटा अक्सीजन कन्सट्रेटर हस्तान्तरण

लोहिया कम्पनीको चामोङ ग्रुप अफ गार्डन अधिनस्थ नागरी फार्म चियाकमानको मेडिकल टीमलाई हिन्दुस्थान युनिलिभर लिमिटेड इण्डियाले प्रदान गरेका दुइवटा अक्सिजन कन्सण्ट्रेटर आज एक कार्यक्रममाझ हस्तान्तरण गरियो । महाप्रबन्धक टीसी शर्मा, लेखा परीक्षक सौरभ दत्त, प्रबन्धक एस दर्नाल, पूर्व शिक्षक अर्जुन प्रधान, एसके बान्तवा, शिक्षक सीडी बान्तवा, एसबी राई, गोजमुमो-दुइ श्रमिक सङ्गठनका सञ्जय गिरी, गोरामुमोका सोनाम लामा, पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी, मेडिकल प्रभारी भानु खवास, अफिस स्टाफ तथा अन्यको विशेष उपस्थितिमा उक्त सामाग्री बगान अधिनस्थ स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरियो आज सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक शर्माले हिन्दुस्थान युनिलिभर लिमिटेडबारे प्रकाश पार्दै नागरी फार्म चियाकमानमा उक्त कन्सण्ट्रेटर प्रदान…
Read More
‘कोभिडबारे फेसबुकमा फैलिएका मिथ्या सूचनाले मानिसको ज्यान लिइरहेको छ’

‘कोभिडबारे फेसबुकमा फैलिएका मिथ्या सूचनाले मानिसको ज्यान लिइरहेको छ’

अमेरिकी राष्ट्रपति जो बाइडनले सामाजिक सञ्जालमा फैलिरहेको कोभिड-१९ विरुद्धको मिथ्या सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताएका छन्। फेसबुक सहितका माध्यमहरूले खोप र महामारीका सन्दर्भमा गलत सूचना फैलाइरहेको विषयमा एक जना पत्रकारले सोधेको प्रश्नमा जवाफमा बाइडनले त्यसो भनेका हुन्। कम खोप दर भएका ठाउँमा सङ्क्रमण विस्तार भइरहँदा ह्वाइट हाउसले महामारीबारेका मिथ्या सूचना नियन्त्रण गर्न फेसबुक विफल भइरहेको टिप्पणी गरेको छ। आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ। अमेरिकी स्वास्थ्य अधिकारीहरूले हाल कोभिड-१९ को कारण बढिरहेको मृत्यु र सङ्क्रमण दर विशेषगरी कोरोनाभाइरसबाट सुरक्षा नअपनाएका मानिसहरूमा देखिएको उल्लेख गरेका छन्। सङ्क्रमणका घटना बढेपछि…
Read More
मास्क नलगाउनेहरूलाई चेताउनी

मास्क नलगाउनेहरूलाई चेताउनी

आज प्रशासनद्वारा खरसाङ बजारमा निरीक्षण गरिएको छ । खरसाङ महकुमा शासक एजाज अहमदको अगुवाईमा खरसाङ बजार परिक्रमा गरी मानिसहरूले मास्क लगाएको नलगाएको निरीक्षण गरेका छन् । केही दिन अघि मात्रै खरसाङ महकुमा शासकको पदभार सम्हालेका एजाज अहमदले कोरेना महामारीमा खरसाङ बजारको स्थितिमाथि निरीक्षण गर्दै मास्क लगाउने सबैलाई आग्रह गरेका छन् । उनीसितै खरसाङ पुलिस थानाका आईसी नेबेन्दु सरकार पनि उपस्थित थिए प्रशासनद्वारा आज खरसाङ बजारमा मास्क नलगाउनेहरूलाई सम्झाएर छोड़ी दिएका छन् भने अब अर्कोपल्ट यसरी नै चेकिङमा आउँदा मास्क नलगाएको भेट्टाए पक्राउ गर्ने भनी चेताउनीको साथमा सबैलाई मास्क लगाउने आह्वान गरिएको छ। पुलिस प्रशासनको साथमा खरसाङ महकुमा शासकले खरसाङ बजारको…
Read More
महामारीको तेस्रो लहर ‘अवश्यम्भावी’ भएको वरिष्ठ चिकित्सकहरूको चेतावनी

महामारीको तेस्रो लहर ‘अवश्यम्भावी’ भएको वरिष्ठ चिकित्सकहरूको चेतावनी

भारतभरि यात्रासम्बन्धी प्रतिबन्ध खुकुलो हुँदै गएको अवस्थामा भारतीय चिकित्सकहरूको संस्थाले कोभिड महामारीको तेस्रो लहर 'अवश्यम्भावी' रहेको चेतावनी दिएका छन्। केही समययता भारतका प्रख्यात पर्यटकीय गन्तव्यहरूमा पहिलाको जस्तै मानिसहरूको घुइँचो लाग्न थालेको देखिने तस्बिर र भिडिओहरू भाइरल भएका छन्। ती भिडिओमा सार्वजनिक स्थलमा उनीहरूले मास्क लगाएको वा सामाजिक दूरी कायम गरेको देखिँदैन। भारतमा गत मे महिनामा कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेको बेला प्रतिदिन ४००,००० सङ्क्रमितहरू थपिने गरेका थिए। तर अहिले दैनिक पुष्टि हुने सङ्क्रमतिको सङ्ख्या घटेर ४०,००० भन्दा केही बढी भएको देखिन्छ। राज्य सरकारहरूले लागु गरेको कडा प्रतिबन्धात्मक व्यवस्थाका कारण सङ्क्रमण फैलिने क्रम घटेको थियो। तर अहिले प्रतिबन्धहरू खुकुलो पारिएको छ। भारतमा…
Read More
पसीना बन्द गर्न सियोल जिम मा द्रुत गीतहरु प्रतिबन्धित

पसीना बन्द गर्न सियोल जिम मा द्रुत गीतहरु प्रतिबन्धित

पसीना बन्द गर्न सियोल जिम मा द्रुत गीतहरु प्रतिबन्धित दक्षिण कोरिया भाइरसको एक नयाँ प्रकोपसँग संघर्ष गरिरहेको छ, आइतवार १,१०० नयाँ घटनाहरू रेकर्ड गरिएको छ। ठूलो सियोल क्षेत्रमा जम्बा, स्पिन र एरोबिक्स जस्ता व्यायाम कक्षामा भाग लिनेहरूले सोमबारदेखि १२० बीपीएम सीमा पालन गर्नु पर्ने छ । व्यक्तिलाई इनडोर खेल सुविधाहरूमा एक पटकमा दुई घण्टा मात्र खर्च गर्न अनुमति छ र स्नान प्रयोग गर्नुअ नुमति छैन। सबै खेल सुविधाहरू २२: ०० सम्ममा बन्द हुनुपर्छ। स्वास्थ्य अधिकारीहरू भन्छन कि प्रतिबन्धहरूले व्यक्तिहरूलाई धेरै छिटो सास फेर्न वा एक अर्कामा पसीना छियाउन रोक्न सक्छ। यो निर्णयलाई जिम मालिकहरूले प्रश्न गरेको छ।
Read More
भारतकी पहिलो कोरोना संक्रमित पुनः भइन् संक्रमित

भारतकी पहिलो कोरोना संक्रमित पुनः भइन् संक्रमित

भारतमा सबैभन्दा पहिला कोरोना भाइरसद्वारा संक्रमित हुने महिला एकपटक पुनः यो भाइरसको चपेटामा आएकी छिन् । सामाचार एजेन्सी पिटिआईका अनुसार यी महिला एक मेडिकलकी छात्रा हुन् जसको आरटीपीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । केरलको थ्रिसूर जिल्लाको डीएमओ डा. के जे रीनाले समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै यसबारे पुष्टि गरेकी हुन् । डा. रीनाले भनिन्, ‘उनी एकपटक पुनः कोभिड १९ द्वारा संक्रमित भएकी छिन् । उनको आरटी–पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, एन्टीजेन रिपोर्ट नेगेटिभ आएको छ र उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको छ । ’ ऊहानमा पढिरहेकी थिइन्ः एकपटक पुनः कोरोनाद्वारा संक्रमित भएकी मेडिकलकी विद्यार्थी सन् २०२० मा…
Read More
अमेरिकाले दिएको खोप भोलिबाट लगाइने

अमेरिकाले दिएको खोप भोलिबाट लगाइने

सरकारले कोभ्याक्समार्फत् अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप मंगलबारदेखि नै लगाइने भएको छ । अमेरिकाले दिएको जोनसन खोप अभियान भोलिबाट सञ्चालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ । जोनसन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण र अतिअशक्त अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने भएको हो । योसँगै चीनबाट खरिद गरिएको भेरोसेल खोपको पनि अभियान शुरु हुने  विभागले जनाएको छ । खोप ५५ वर्ष र सोभन्दा माथि उमेर समूहका व्यक्तिमा कोभिडविरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी, विश्वविद्यालयका प्राध्यापक‚…
Read More