13
Jul
भारतमा सबैभन्दा पहिला कोरोना भाइरसद्वारा संक्रमित हुने महिला एकपटक पुनः यो भाइरसको चपेटामा आएकी छिन् । सामाचार एजेन्सी पिटिआईका अनुसार यी महिला एक मेडिकलकी छात्रा हुन् जसको आरटीपीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । केरलको थ्रिसूर जिल्लाको डीएमओ डा. के जे रीनाले समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्दै यसबारे पुष्टि गरेकी हुन् । डा. रीनाले भनिन्, ‘उनी एकपटक पुनः कोभिड १९ द्वारा संक्रमित भएकी छिन् । उनको आरटी–पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, एन्टीजेन रिपोर्ट नेगेटिभ आएको छ र उनलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको छ । ’ ऊहानमा पढिरहेकी थिइन्ः एकपटक पुनः कोरोनाद्वारा संक्रमित भएकी मेडिकलकी विद्यार्थी सन् २०२० मा…
