Health

कोभिड ओमिक्रोन: दिल्लीमा ‘येलो अलर्ट’

कोभिड ओमिक्रोन: दिल्लीमा ‘येलो अलर्ट’

भारतको राजधानी नयाँदिल्लीमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि 'येलो अलर्ट' भनिने चेतावनी जारी गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन्। कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो। लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको केजरीवालले बताएका छन्। दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ। चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भए पनि शपिङ सेन्टर र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको…
Read More
कोभिड ओमिक्रोन: दिल्लीमा रात्रिकालीन कर्फ्यु

कोभिड ओमिक्रोन: दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो। यो निर्णय सोमवारबाटै लागु हुनेछ। पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो। उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो। त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ।
Read More
देशका कतिपय स्कूलहरूमा कोरोनाको आतंक

देशका कतिपय स्कूलहरूमा कोरोनाको आतंक

विद्यालयमा कोरोना भाइरसको आतंक फर्किएको छ। हिमाचलको बिलासपुरमा २३, पश्चिम बंगालको नादिया जिल्लामा २९, हरियाणाको अम्बालामा ४ र पञ्जाबको जालंधरमा २५ विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । यससँगै फेरि एकपटक ठूलो खतरा हुने सम्भावना देखिएको छ विद्यालयमा जाडो याम र परीक्षाको मौसम दुबैका कारण अभिभावकको चिन्ता पनि बढ्न थालेको छ । हिमाचल प्रदेशको बिलासपुर जिल्लाको भुलस्वैन गाउँमा बुधबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि आतंकको वातावरण छ। यसैबीच बुधबार जिल्लाको देलाग विद्यालयका २३ बालबालिकामा कोरोना पोजेटिभ देखिएको छ। जानकारी अनुसार सरकारी उच्च माध्यमिक विद्यालय देलागमा बुधबार ५० बालबालिकाको कोरोना नमूना लिइएको थियो। जसमा २३ बालबालिकाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ…
Read More
भारतमा ओमिक्रोनको खतराको घन्टी, २४ घन्टामा मात्र भेटिए ३५८ ओमिक्राेन संक्रमित

भारतमा ओमिक्रोनको खतराको घन्टी, २४ घन्टामा मात्र भेटिए ३५८ ओमिक्राेन संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमितको थपिएको संख्या मात्र ६ हजार ६ सय ५० रहेको छ । यही समयमा ३ सय ७४ जनाको कोरोनाभाइरसका कारण निधन पनि भएको छ ।  कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले भारतमा खतराको घन्टी बजाएको छ । ओमिक्रोनका संक्रमित भारतमा अब एकै दिनमा सयौँ भेटिन थालेका छन् ।  पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोनका ३ सय ५८ जना संक्रमित भेटिएको बताइएको छ ।  यसका साथसाथै भारतमा अहिलेसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार पुगेको छ । अनि अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ७९ हजारले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म एक अर्ब ४० करोडभन्दा धेरैले…
Read More
अमेरिकामा कोरोना विरुद्धको चक्की प्रयोगका लागि स्वीकृत : लक्षण देखिएको पाँच दिनभित्र प्रयोग गरे प्रभावकारी

अमेरिकामा कोरोना विरुद्धको चक्की प्रयोगका लागि स्वीकृत : लक्षण देखिएको पाँच दिनभित्र प्रयोग गरे प्रभावकारी

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले कोभिड १९ विरुद्धको फाइजर एन्टीभाइरल पिल 'प्याक्सलोभिड' प्रयोगका लागि स्वीकृत गरेको छ। कोरोना भाइरस संक्रमणको प्रभाव रोक्न विश्वभर भ्याक्सिन अभियान संचालन भइरहँदा कोभिड १९ विरुद्ध स्वीकृति पाउने यो पहिलो एन्टीभाइरल चक्की हो। चक्कीको प्रयोग १२ वर्षभन्दा माथिले मात्रै प्रयोग गर्ने गरी एफडीएले मन्जुरी दिएको हो। 'हाइ रिक्स'मा रहेका १२ वर्षभन्दा माथि उमेर समूहका, शरीरको तौल कम्तीमा ८८ पाउन्ड भएका र कोभिड १९ परीक्षण गरी उपचार गराउनुपर्ने व्यक्तिले यो चक्की प्रयोग गर्न सक्छन्। यस्तो एन्टीभाइरल पिल प्रयोगका लागि चिकित्सकको स्वीकृति अनिवार्य गरिएको छ। यो चक्की कोभिड १९ देखिएको र लक्षण देखिएको पाँच दिनभित्र खानुपर्ने एफडीएले जनाएको छ। 'निरमट्रिलभिर' र…
Read More
भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो, सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा

भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो, सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या दुई सय पुगेको छ । संक्रमितमध्ये ७७ जना निको भइसकेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनका संक्रमित सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा भेटिएका छन् । दुवै स्थानमा ५४–५४ जनामा ओमिक्रोन संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।  यस्तै, तेलंगानामा २० र कर्नाटकमा १९ जनामा ओमिक्रोन संक्रमण पुष्टी भइसकेको छ ।  दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ओमिक्रोनको सामना गर्न सबै तयारी गरिसकिएको बताएका छन् । उनले केन्द्र सरकारसँग बुस्टर डोजको अनुमति दिन पनि अपिल गरेका छन् । 
Read More
भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए । आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ । ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअरी र मार्च महिनामा बढी फैलिने जनाइएको छ । यतिबेला अंग्रेजी डिसेम्बर महिना चलिरहेको छ । भारतमा फेब्रुअरी र मार्च महिनामा ओमिक्रोन बढी फैलिएमा…
Read More
भारतमा थपिए ७ हजार १४५ संक्रमित, २८९ जनाको मृत्यु

भारतमा थपिए ७ हजार १४५ संक्रमित, २८९ जनाको मृत्यु

भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जानकारी दिएको छ । यो संख्या पछिल्लो ५६९ दिन पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिवार जानकारी दिएका छन् । प्रतिशतको हिसाबले पनि सक्रिय संक्रमितहरुको संख्या गत मार्चपछिकै सबैभन्दा कम भएको उनीहरुको भनाइ छ । उनीहरुका अनुसार भारतमा कुल संक्रमित मध्ये शून्य दशमलव २४ प्रतिशत संक्रमितहरु अहिले पनि संक्रमित अवस्थामै रहेका हुन । पछिल्लो २४…
Read More
निवा बुपा हेल्थ इन्स्योरेन्सले जोरहाटमा प्रवेश गर्ने घोषणा गरेको छ

निवा बुपा हेल्थ इन्स्योरेन्सले जोरहाटमा प्रवेश गर्ने घोषणा गरेको छ

निवा बुपा हेल्थ इन्स्योरेन्स प्रालिले विकासको अर्को चरणको रूपमा जोरहाटमा प्रवेश गरेको घोषणा गरेको छ। निवा बुपाले जोरहाटमा आफ्नो सञ्चालन सुरु गर्दैछ, अर्को पाँच वर्षमा करिब १०,००० मानिसहरूलाई स्वास्थ्य कभरेज प्रदान गर्ने लक्ष्य राख्दै।
Read More
निवा बुपा हेल्थ इन्स्योरेन्सले सिलीगुड़ीमा प्रवेश गरेको छ

निवा बुपा हेल्थ इन्स्योरेन्सले सिलीगुड़ीमा प्रवेश गरेको छ

निवा बुपा स्वास्थ्य बीमा प्राइभेट लिमिटेडले विकासको अर्को चरणको रूपमा सिलीगुड़ीमा आफ्नो प्रवेशको घोषणा गरेको छ। निवा बुपाले सिलीगुड़ीमा आफ्नो सञ्चालन सुरु गर्दैछ र आगामी पाँच वर्षमा लगभग ६००० मानिसहरूलाई स्वास्थ्य कभरेज प्रदान गर्ने लक्ष्य राखेको छ। यस विस्तारको साथ, निवा बुपाले सिलीगुड़ीमा आगामी पाँच वर्षमा लगभग १० करोड लिखित प्रिमियम र नीति खरिदमा १० गुणा वृद्धि गर्ने लक्ष्य राखेको छ। कम्पनीले आर्थिक वर्ष २५-२६ सम्ममा करिब १२०० एजेन्टहरू भित्र्याउने योजनामा ​​रहेकाले सहरका मानिसहरूका लागि व्यवसायिक अवसरहरू पनि ल्याउनेछ। यो विस्तार निवा बुपाको गुणस्तरीय स्वास्थ्य सेवा सेवाहरू सबैका लागि पहुँचयोग्य बनाउने र मानिसहरूलाई सन्तुष्ट जीवन बिताउन सक्षम बनाउने दृष्टिकोणको अनुरूप…
Read More