17
Dec
दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १० नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेटिएका संक्रमितसँगै दिल्लीमा ओमिक्रोनका संक्रमितको संख्या बढेर २० पुगेको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले २० संक्रमितमध्ये १० जना अस्पतालबाट डिस्चार्ज भइसकेको बताएका छन् । भारतमा ओमिक्रोन संक्रमितको संख्या लगातार बढिरहेका छ । अहिलेसमम भारतमा ओमिक्रोन संक्रमितको संख्या ९७ पुगेको छ । महाराष्ट्रमा हिजोसम्म ओमिक्रोनका सबैभन्दा बढी ३२ संक्रमित भेटिएको पुष्टि भएको छ । ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि मुम्बईमा डिसेम्बर ३१ सम्मका लागि धारा १४४ लागू गरिएको छ । नोभेम्बरमा पहिलो पटक देखापरेको ओमिक्रोन भेरियन्ट केही सातामै विश्वका ७० भन्दा बढी देशमा पुगिसकेको छ । यो…
