Paromita

119 Posts
गौड़ र मालियन दिगीका माछा बेचेर राजस्व उठाउने सङ्केत

गौड़ र मालियन दिगीका माछा बेचेर राजस्व उठाउने सङ्केत

हरिरामपुर ब्लकको गौड़ र मालियन दिगीमा अवैध रूपमा माछा पालन भइरहेको आरोप पाएपछि प्रशासन सतर्क भएको छ। राजस्व छल्दै यति ठूला यी दुई दिगीमा कसको संरक्षणमा माछा पालन भइरहेको छ र प्रशासनले किन कदम चालिरहेको छैन? यसअघि नै कङ्ग्रेस नेताहरूले प्रश्न उठाएका थिए। बुधवार हरिरामपुर ब्लक भूमि सुधार कार्यालयमा कङ्ग्रेसका कार्यकर्ताहरूले ज्ञापनपत्र बुझाए। यी दुई दिगी मात्र होइन तर ब्लकभरि हजारौँ सरकारी पोखरी र दिगीहरूमा अवैध रूपमा माछा पालन भइरहेको तिनीहरूको दाबी छ। यसकारण राज्य सरकारले करोड़ौँ रुपियाँ राजस्व गुमाइरहेको छ। यस विषयमा उक्त दिन ब्लक भूमि सुधार अधिकारीसित कङ्ग्रेस प्रतिनिधिहरूको बैठक पनि भयो। छिट्टै जाँच गरी दोषीहरूविरुद्ध कानूनी कारवाही…
Read More
राजवंशी उम्मेदवारको मागमा पोष्टर

राजवंशी उम्मेदवारको मागमा पोष्टर

डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा उम्मेदवार बन्ने प्रतिस्पर्धामा भाजपा विभिन्न गुटमा विभाजित भएको छ। राजवंशी अनुहारलाई उम्मेदवार बनाउने माग गर्दै क्षेत्रमा हृदय भाजपा लेखिएको ब्यानरमा थुप्रै पोष्टर टाँसिएका छन्। यसले भाजपाभित्र रहेको गुटबन्दीलाई सार्वजनिक बनाएको छ। पार्टीको यस आन्तरिक विवादका कारण वर्तमान विधायक शिखा च्याटर्जी दबाउमा परेकी छन्। स्थिति नियन्त्रण गर्न तिनले पोष्टरको यस घटनालाई तृणमूलको षड़यन्त्र बताएकी छन्। यसअघि तृणमूलका मन्त्री गौतम देवलाई ठूलो मत अन्तरले पराजित गरेकी शिखा च्याटर्जी पछिल्ला पाँच वर्षमा गरेकी कार्य र जनसम्पर्कबारे विपक्षीहरूको प्रचारले दबाउमा छन्। क्षेत्रका जनतामाझ पनि भाजपा विधायकको भूमिकाबारे धेरै ठाउँमा असन्तोष देखिएको छ। यस पृष्ठभूमिमा उम्मेदवार परिवर्तनको सम्भावना रहेको हुनाले पछिल्ला केही…
Read More
ग्राम पञ्चायतहरूलाई सिलगढ़ीमा तीन दिने प्रशिक्षण

ग्राम पञ्चायतहरूलाई सिलगढ़ीमा तीन दिने प्रशिक्षण

ग्राम पञ्चायत भनेको एक प्रकारले औपचारिक कार्यालय जस्तै बनेको छ। सुशासन वा गुड गभर्नेन्स व्यवहारतः हराउँदै गइरहेको छ। यसपल्ट उक्त प्रणालीमा परिवर्तन ल्याउन केन्द्र सरकारले पहल गरेको छ। राज्यका ग्राम पञ्चायतहरूलाई इण्टरनेशनल अर्गनाइजेशन फर स्ट्याण्डर्डाजेशन (आईएसओ) को प्रमाणपत्र दिने तयारी भइरहेको छ। यसबाट पञ्चायतको कार्यक्षमता वृद्धि हुने साथै पारदर्शिता र नागरिक सेवाको गुणस्तरमा सुधार हुने विश्वास गरिएको छ।देशका विभिन्न राज्यहरूमा यो कार्य तीव्र गतिमा आरम्भ भइसकेको छ। मध्यप्रदेश लगायत अन्य केही राज्यका धेरै ग्राम पञ्चायतहरूले पहिले नै आईएसओ प्रमाणपत्र प्राप्त गरिसकेका छन्। यसपल्ट पश्चिम बङ्गालमा पनि आईएसओ गुणस्तर हासिल गर्न पञ्चायतहरूको पाइलट परियोजना आरम्भ गरिएको छ। पञ्चायत कर्मचारीहरूको तालिम र…
Read More
हलोङ बङ्गलोको जग्गा हस्तान्तरण

हलोङ बङ्गलोको जग्गा हस्तान्तरण

29 महीनाअघि जलदापाड़ा राष्ट्रिय उद्यानमा आगलागी भएर जलेको हलोङ वन बङ्गलोको पुनर्निर्माण कार्य वन विभागले आरम्भ गरेको छ। पीडब्ल्यूडी विभागको निगरानीमा 8 करोड़ रुपियाँको लागतमा उक्त बङ्गलोको पुनर्निर्माण कार्य गर्न नियुक्त संस्थालाई मङ्गलवार जलदापाड़ा वन विभागले जग्गा हस्तान्तरण गरेको हो।सन् 1967 मा काठद्वारा निर्माण गरिएको हलोङ बङ्गलो सन् 2024 मा विनाशकारी आगलागीमा परी पूर्ण रूपले जलेर नष्ट भएको थियो। 6 महीनाअघि राज्य सरकारले उक्त वन बङ्गलो पुनर्निर्माण गर्न हरियो सङ्केत दिएको थियो। यसका लागि 8 करोड़ रुपियाँ आवण्टन गरिएको छ।तर आगलागीको जोखिमबाट बाच्न यसपल्ट पूर्ण रूपले काठको संरचना प्रयोग नगरी कङ्क्रिट र काठको संयोजनमा पहिलेकै स्वरूपमा वन बङ्गलो निर्माण गर्ने…
Read More
सिलगढ़ीमा अस्पतालसहित थप 13 स्वास्थ्य केन्द्र निर्माण गरिने

सिलगढ़ीमा अस्पतालसहित थप 13 स्वास्थ्य केन्द्र निर्माण गरिने

निजी प्याथोलोजी सेण्टर र नर्सिङहोमहरूको प्रभुत्व असामान्य रूपले बढ्दै गइरहेको छ। त्यसैले सिलगढ़ीमा आफ्नै स्वास्थ्य विभागलाई सुदृढ़ बनाउन नगर निगम सक्रिय भएको छ। नगर निगमले थप 30 शैय्याको एउटा अस्पताल, 12 वटा सुस्वास्थ्य केन्द्र तथा एउटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने योजना बनाएको छ। यसका लागि चिकित्सक र नर्ससहित थप 97 जना स्वास्थ्यकर्मी नियुक्त गरिनेछ। नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो। नगर निगमको स्वास्थ्य विभागका मेयर परिषद सदस्य दुलाल दत्तले मेयर गौतम देवको नेतृत्वमा स्वास्थ्य विभागको पूर्वाधार सुदृढ़ीकरणको कार्य भइरहेको बताए। यसपल्ट एउटा अस्पतालसहित 13 वटा स्वास्थ्य केन्द्र निर्माण गरिनेछ। सन् 2026-27 आर्थिक वर्षको बजेटमा…
Read More
मा क्याण्टिनको लोकप्रियता चरममा

मा क्याण्टिनको लोकप्रियता चरममा

मुख्यमन्त्री ममता ब्यानर्जीको मा क्याण्टिनको लोकप्रियता निरन्तर बढ़िरहेको छ। प्रशासनिक सूत्रअनुसार एक वर्षमा सिलगढ़ीका सातवटा क्याण्टिनमार्फत पाँच रुपियाँमा 5 लाख 45 हजार 337 प्लेट अण्डा–भात वितरण गरिएको छ। अर्थात् 2024-25 को तुलनामा 2025-26 आर्थिक वर्षमा प्लेटको सङ्ख्या लगभग एक लाखले वृद्धि भएको छ। विधानसभा चुनाउ नजिकिँदै गर्दा यसले तृणमूल कङ्ग्रेसद्वारा सञ्चालित सिलगढ़ी नगर निगम उत्साहित भएको छ। नगर निगमले शहरमा थप एउटा क्याण्टिन सञ्चालन गर्ने योजना बनाएका छन्। साथै नगर निगमले तीनवटा क्याण्टिनको पूर्वाधार स्तरोन्नतिको योजना पनि बनाएको छ।मुख्यमन्त्रीका उत्कृष्ट सामाजिक परियोजनामध्ये मा क्याण्टिन पनि एक हो। राज्यका अन्य क्षेत्र जस्तै उत्तर बङ्गालको वाणिज्य नगरी सिलगढ़ीमा पनि उक्त परियोजना सफलतापूर्वक…
Read More
राजु विष्टविरुद्ध धम्कीपूर्ण भाषा प्रयोगको आरोप

राजु विष्टविरुद्ध धम्कीपूर्ण भाषा प्रयोगको आरोप

दार्जीलिङका भाजपा सांसद राजु विष्टविरुद्ध पुलिसलाई फोनमार्फत धम्की दिएको आरोप उठेको छ। सांसद राजु विष्टले मभन्दा ठूलो गुण्डा कोही छैन भनेको आरोप पनि छ। सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा राजु विष्टले यस्तै मन्तव्य गरेका आरोप पनि छ। यस विषयबारे राजनीतिक क्षेत्रमा तीव्र आलोचना आरम्भ भएको छ।प्राप्त जानकारीअनुसार सिलगढ़ी महकुमा परिषदअन्तर्गत जालास निजमतारा क्षेत्रको झमकलाल जोत गाउँमा गत दिसम्बर महीना जग्गा विवादलाई केन्द्र गरेर दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। त्यसपछि दुवै पक्षका केही व्यक्ति कुटपिटमा घाइते भएका थिए। त्यति बेला घाइतेमध्ये एक गर्भवती महिलालाई गम्भीर अवस्थामा उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा भर्ना गरिएको थियो। पछि सन्तान जन्माएको केही…
Read More
आफ्नो अड़ानमा अडिग आयोगद्वारा निलम्बित एईआरओ

आफ्नो अड़ानमा अडिग आयोगद्वारा निलम्बित एईआरओ

मतदाता सूची संशोधन वा एसआईआर प्रक्रियामा लापरवाही गरेको आरोपमा चुनाउ आयोगले राज्यभरि सातजना एईआरओलाई निलम्बन गरेको छ। त्यस सूचीमा मैनागुड़ीका एईआरओ डालिया रायचौधुरीको नाम पनि सामेल छ। तर आयोगको कारवाहीको सामना गरे पनि तिनी आफ्नो अड़ानमा अडिग रहेकी छन्। सोमवार जिल्ला अधिकारीले डाकेपछि आफ्नो कार्यालयमा उपस्थित हुन आएकी डालिया देवीले स्पष्ट रूपमा भनिन्, मैले कुनै पनि गलत कार्य गरेको छुइनँ।उक्त दिन सञ्चारमाध्यमसित कुराकानी गर्दै निलम्बित एईआरओले भनिन्, मैले उच्च अधिकारीको निर्देशनअनुसार नै चुनाउ सम्बन्धी काम गरेको हुँ। मेरो तर्फबाट मैले 100 प्रतिशत मेहनत गरेकी छु। मलाई किन निलम्बन गरियो त्यो आयोगले नै भन्न सक्छ।आयोगको मार्गनिर्देशन नमानेको आरोपलाई पूर्ण रूपमा अस्वीकार…
Read More
तृणमूल नेताविरुद्ध आरोप

तृणमूल नेताविरुद्ध आरोप

ग्राम पञ्चायत सदस्य निर्वाचित हुनअघि राजु मण्डल टिनको घरमा बस्थे। अहिले तिनी चारतल्ले घरका मालिक बनेका छन्। राज्यमा तृणमूल कङ्ग्रेसका ग्राम पञ्चायत तहका जनप्रतिनिधिहरूको प्रभाव कसरी बढ़ेको छ भन्ने विषयमा चर्चा र आरोपको अन्त छैन। तर फूलबारी 1 ग्राम पञ्चायतको पोड़ाझार क्षेत्रका पञ्चायत सदस्य राजुले केही वर्षमै जसरी सम्पत्ति आर्जन गरेका छन् त्यसबारे तृणमूलभित्रै असन्तोष छ। तिनको विरोधी समूहका नेता–कार्यकर्ताहरूले यसपल्ट राजुविरुद्ध आक्रोश पोख्न थालेका छन्। शनिवार राति क्षेत्रमा बालुवा–ढुङ्गा सेण्डिकेटको नियन्त्रण कसको हातमा रहने भन्ने विषयमा तृणमूलका गुटहरूबीच झड़पले स्थिति तनाउग्रस्त बन्यो।राजुको विरोधी समूह भनेर चिनिने ज्योतिष बर्मनको पसलमा आगजनी गरिएको आरोप राजुको समर्थकहरूमाथि लागेको छ। त्यसपछि राजु र…
Read More
महिला पुलिसकर्मीको झुण्डिएको अवस्थामा शव उद्धार

महिला पुलिसकर्मीको झुण्डिएको अवस्थामा शव उद्धार

महिला कन्स्टेबलको रहस्यमय मृत्यु प्रकरणले तनाउ फैलिएको छ। आइतवार राति जलपाइगढ़ी शहरको सेनपाड़ामा भाड़ाको घरबाट कन्स्टेबल मामनी रायको झुण्डिएको शव उद्धार गरिएको हो। तिनी जलपाइगढ़ी सदर ट्राफिक पुलिसमा कन्स्टेबल पदमा कार्यरत थिइन्। तिनका श्रीमान चन्दन बर्मनको अर्की एक महिलासित सम्बन्ध बनेको मृतकका परिवारजनले आरोप लगाएका छन्। त्यसकारण घरमा कलह आरम्भ भएको थियो। विरोध गर्दा मामनीलाई कुटपिट गरिन्थ्यो। मृत्युको जाँचको माग गर्दै कन्स्टेबलको परिवार पुलिससमक्ष पुगेको छ। मैनागुड़ीको हेलापाकड़ीकी छोरी मामनीको नौ वर्षअघि कोचबिहारको घोकसाडाङ्गाका वासिन्दा चन्दन बर्मनसित विवाह भएको थियो।तिनीहरूका दुई छोरा छन्। मृतकका भेना अरुणकुमार रायले भने, मेरो सालीसित चन्दनको पहिलेदेखि नै प्रेम सम्बन्ध थियो। मामनीले पुलिसमा जागिर पाइन्।…
Read More