Paromita

119 Posts
एलपीजीको जताततै अभाव

एलपीजीको जताततै अभाव

व्यावसायिक ग्यास सिलिण्डरको बिक्री बन्द भएको छ। यसकारण उत्तर बङ्गालका होटल व्यवसायीहरू अन्योलमा परेका छन्। दार्जीलिङ पहाड़देखि सिलगढ़ी, कोचबिहारदेखि अलिपुरद्वारसम्म होटल व्यवसायीहरूले भान्साको ढोकामा ताला लगाउने सोच बनाउन थालेका छन्। यता खाना पकाउने ग्यास सिलिण्डरको कालोबजारी आरम्भ भएको आरोप लागेको छ। सिलगढ़ी र जलपाइगढ़ीका केही स्थानमा कटिङ ग्यास अत्यधिक महँगो मूल्यमा बिक्री भइरहेको पनि आरोप छ। यसै आरोपमा मङ्गलवार जलपाइगढ़ीमा एउटा डिलरको कार्यालयमा ग्राहकहरूले विरोध प्रदर्शन गरे। सिलगढ़ीमा विभिन्न डिस्ट्रिब्युटरहरूको कार्यालयमा पनि भीड़ देखियो। उत्तर बङ्गाल मात्र होइन राज्यका ठूला शहरहरूमध्ये एक हो सिलगढ़ी। शहरको पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्रमा असङ्ख्य होटलहरू छन्। यसबाहेक धेरै रेस्टुरेण्टहरू पनि छन्।…
Read More
आदिवासी तथा अनुसूचित समुदायका ज्येष्ठ नागरिकहरूलाई पेन्सन

आदिवासी तथा अनुसूचित समुदायका ज्येष्ठ नागरिकहरूलाई पेन्सन

राज्य सरकार आदिवासी तथा अनुसूचित समुदायको साथमा उभिएको छ। जलपाइगढ़ी जिल्लामा यी दुई समुदायका 70 हजारभन्दा अधिक ज्येष्ठ नागरिकहरूलाई प्रत्येक महीना पेन्सन दिइरहेको छ। यसका लागि राज्य सरकारले प्रत्येक महीना लगभग सात करोड़ रुपियाँ खर्च गरिरहेको छ। हाल जिल्लामा तपशिलि बन्धु योजनाअन्तर्गत पेन्सन पाउनेको सङ्ख्या 59 हजार 313 जना रहेको छ। अर्कातिर 11 हजार 467 जनाले जय जोहार योजनाअन्तर्गत पेन्सन पाइरहेका छन्। जिल्लाभित्र धूपगुड़ी ब्लकमा अनुसूचित समुदायका सबैभन्दा अधिक 15 हजार 215 जना ज्येष्ठ नागरिकहरूले पेन्सन पाइरहेका छन्। तपशिलि बन्धु पेन्सन पाउने आधारमा जिल्लामा दोस्रो स्थानमा मैनागुड़ी ब्लक रहेको छ जहाँ 13 हजार 916 जना लाभार्थी छन्। तेस्रो स्थानमा राजगञ्ज…
Read More
मिड–डे मिलमा विसङ्गति

मिड–डे मिलमा विसङ्गति

बालकबालिकाको पोषणलाई ध्यानमा राख्दै मिड–डे मिलमा सामान्य खानासितै हप्तामा अतिरिक्त एउटा अण्डा वा मौसमी फल दिने राज्य शिक्षा विभागले निर्देशन दिएको थियो। निर्देशनअनुसार मिड–डे मिलअन्तर्गत प्रत्येक विद्यार्थीलाई 12 वटा अण्डा वा मौसमी फल दिन भनिएको थियो। यसका लागि प्रति विद्यार्थी थप 8 रुपियाँ छुट्याइएको थियो। अर्थात् 12 वटा अण्डा वा फलका लागि प्रति विद्यार्थी 96 रुपियाँ छुट्याइएको थियो। सबै मिलाएर 31 मार्चभित्र बालक-बालिकालाई यो अतिरिक्त खाना वितरण पूरा गर्न भनिएको थियो। त्यसअनुसार राज्यमा मिड–डे मिलअन्तर्गत रहेका 81 लाख 19 हजार 415 जना विद्यार्थीहरूका लागि मोठ 77 करोड़ 94 लाख 64 हजार रुपियाँ छुट्याइएको थियो। 9 फरवरी जारी गरिएको उक्त निर्देशनको…
Read More
वंशीबदन बर्मनको दिल्ली भ्रमणबारे चर्चा

वंशीबदन बर्मनको दिल्ली भ्रमणबारे चर्चा

ग्रेटर कूचबिहार पिपुल्स एसोसिएशनका नेता वंशीबदन बर्मन दिल्ली पुगेका छन्। यस्तो खबर कूचबिहारमा फैलिरहेको छ। भाजपा उच्च नेतृत्वसित तिनको बैठक हुन सक्न खबर पनि फैलिएको छ। सामाजिक सञ्जालमा नाम नलिए पनि धेरैले यस्तो उल्लेख गरेका छन्। तर वंशीबदनले स्वयं यस विषयमा स्पष्ट पारेका छैनन्। ग्रेटर नेताको यो आकस्मिक दिल्ली यात्रा विधानसभाको चुनाउअघि नयाँ राजनीतिक समीकरणको सङ्केतका रूपमा हेरिएको छ। विशेष गरी राजवंशी मतदाताको नयाँ समीकरण बन्न सक्ने राजनीतिक विश्लेषकहरूले ठानेका छन्।हालै राज्यसभाका भाजपा सांसद अनन्त महाराज तथा अर्को ग्रेटर कूचबिहार पीपल्स एसोसिएशनका नेता नगेन्द्रनाथ राय (अनन्त महाराज) लाई राज्य सरकारले बङ्ग विभूषण पुरस्कार प्रदान गरेको छ। यो पुरस्कार पाएपछि तिनले…
Read More
विचाराधीन सूचीमा 36 हजारको नाम

विचाराधीन सूचीमा 36 हजारको नाम

तिनको आफ्नै क्षेत्र दिनाहट्टामा 36 हजार मानिसहरूको नाम विचाराधीन सूचीमा राखिएको छ। आउँदो विधानसभा चुनाउमा यो सङ्ख्या निर्णायक बन्न सक्ने सम्भावना छ। यस्तै अनुमान गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुह अनशनमा बसेका छन्। यदि चुनाउ आयोगले मतदाता सूचीको विशेष सघन संशोधन अर्थात् एसआईआर गरेर योजनाबद्ध रूपमा कुनै एउटा राजनीतिक दलका मतदाताको नाम हटाउने प्रयास गर्छ अनि अर्को राजनीतिक दललाई सत्तामा ल्याउने प्रयास गर्छ भने त्यस राजनीतिक दलका कार्यकर्ताहरू चुप लागेर बस्ने छैनन्। तिनीहरूले पनि एसआईआर गरेर अर्को राजनीतिक दलका कार्यकर्ताहरूको नाम हटाउने प्रयास गर्नेछन्। कसरी गर्ने भन्ने तिनीहरूको विषय हो। सोमवार दिनाहट्टाको अनशन मञ्चबाट उदयन गुहले यस्तै चेताउनी दिएका…
Read More
डिपो कार्यालय पुनः सञ्चालनको माग

डिपो कार्यालय पुनः सञ्चालनको माग

वन्यजन्तुको आक्रमणबाट राहत पाउन नगराकट्टा ब्लकको बामनडाङ्गा चियाबारीमा एक समय नाथुआ रेञ्जको डिपो कार्यालय सञ्चालन गरिएको थियो। तर त्यो वन विभागको डिपो कार्यालय धेरै वर्षदेखि बन्द अवस्थामा छ। अहिले पुनः सञ्चालन गर्नुपर्ने माग उठेको छ। 15 वर्षदेखि बन्द रहेकाले डिपो कार्यालय अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। पछिल्ला दिनहरूमा वन्यजन्तुहरू बारम्बार बस्ती क्षेत्रमा प्रवेश गर्न थालेपछि यो माग अझ बढ़ेको हो।स्थानीय वासिन्दाहरूका अनुसार महीनाको अधिकांश दिन यस क्षेत्रमा वन्यजन्तुको आक्रमण हुने गर्दछ। विशेष गरी यो चियाबारी जलपाइगढ़ी जिल्लाभित्र हात्तीको आवतजावत बढ़ी हुने क्षेत्रका रूपमा परिचित छ। गोरुमारा जङ्गलनजिकै रहेको यस चियाबारीमा हात्तीबाहेक गैँड़ा, बाइसन र चितुवाको समेत आक्रमण हुने गर्दछ। कुनै…
Read More
भाजपाको परिवर्तन यात्राअघि सिलगढ़ीमा अशान्ति

भाजपाको परिवर्तन यात्राअघि सिलगढ़ीमा अशान्ति

भाजपाको परिवर्तन यात्रा र सभाको अघिल्लो राति तयारीलाई केन्द्रित गर्दै सिलगढ़ी महकुमा परिषदका तृणमूल कङ्ग्रेसका सभाधिपति र मतिगढ़ा–नक्सलबारीका भाजपा विधायकबीच तीव्र विवाद भएको छ। तयारीको विषयबाट आरम्भ भएको उक्त विवाद एसआईआर र क्षेत्रको विकासको विषयसम्म पुग्यो। पछि पुलिसले स्थिति नियन्त्रणमा ल्यायो। तर त्यसपछि पनि क्षेत्रमा केही तनाउ कायम रहेकाले केन्द्रीय बलले रूट मार्च गरेको छ। फेरि नयाँ अशान्ति नहोस् भनेर पुलिस पिकेट पनि बसाइएको छ। मङ्गलवारदेखि सिलगढ़ीमा भाजपाको परिवर्तन यात्रा आरम्भ हुँदैछ। उक्त यात्रा सिलगढ़ी मतिगढ़ा हुँदै बेलुकीसम्म नक्सलबारी पुग्नेछ। यात्रामा भाजपाको महिला मोर्चाकी नेतृ रूपा गङ्गोपाध्याय, दार्जीलिङका सांसद राजु विष्ट, जलपाइगढ़ीका सांसद जयन्त राय, विधायक शिखा च्याटर्जी, शङ्कर घोष,…
Read More
ममता ब्यानर्जीको समर्थनमा अनशनमा मन्त्री उदयन गुहा

ममता ब्यानर्जीको समर्थनमा अनशनमा मन्त्री उदयन गुहा

चुनाउको तयारीका लागि चुनाउ आयोगको पूर्ण बेञ्च राज्यमा पुगेको छ। अर्कातिर एसआईआर मुद्दाबारे कोलकातामा तृणमूल नेतृ तथा मुख्यमन्त्री ब्यानर्जीको धर्ना सोमवार चौथो दिनमा पुगेको छ। पार्टी नेतृको आन्दोलनलाई समर्थन साथै आयोगमाथि प्रहार गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहा 24 घण्टे अनशनमा बसेका छन्। सोमवार पश्चिम बङ्गालको उत्तरी सीमावर्ती कोचबिहार जिल्लाको दिनहाटा महकुमा शासकको कार्यालयअघि उदयन गुहाको नेतृत्वमा आयोजित सामूहिक अनशनमा लगभग 200 नेता–कार्यकर्ताहरू सहभागी भए। दिनहाटाका विधायक उदयनले भने, विचाराधीन भन्दै राज्यका 60 लाख मतदाताहरूलाई चुनाउ प्रक्रियाबाट टाढ़ा राख्ने प्रयास आयोगले गरिरहेको छ। यसबाट भाजपालाई फाइदा पुर्या उने प्रयास भइरहेको तिनको आरोप छ। तिनले भने, केवल मेरो विधानसभा क्षेत्रमै…
Read More
खुल्ला आकाशमुनि थन्किएका भोल्भो बसहरू

खुल्ला आकाशमुनि थन्किएका भोल्भो बसहरू

आरामदायी बसमा ढुक्कले सुत्दै यात्रा गर्न सकिने अपेक्षा गरिन्छ। तर बसको चक्का नै नचलेपछि यात्रा कसरी आरम्भ हुन्छ! यात्री सेवा आरम्भ हुने प्रतीक्षामा महँगो भोल्भो बसहरू अहिले पनि कोचबिहार सेण्ट्रल बस टर्मिनसमा थन्किएका छन्। गत 16 जनवरीमा सिलगढ़ीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बङ्गाल राज्य परिवहन निगमका लागि छवटा अत्याधुनिक स्लीपर भोल्भो बसहरूको उद्घाटन गरेकी थिइन्। तर उद्घाटनपछि लगभग दुई महीना बित्न लाग्दा पनि ती बसहरू अझै यात्री सेवामा प्रयोग हुन सकेका छैनन्। बसहरू कोचबिहार सेण्ट्रल बस टर्मिनसमा खुल्ला आकाशमुनि नै थन्किएका छन्। लामो समयसम्म घाममा राखिएको र धुलोमाटोले ढाकिएको कारण ती बसहरूको चमक हराइसकेको छ। करोड़ौँ रुपियाँ…
Read More
गोरु तस्करी विषयमा बीएसएफ अनि ग्रामवासीबीच विवाद

गोरु तस्करी विषयमा बीएसएफ अनि ग्रामवासीबीच विवाद

गोरु तस्करीलाई केन्द्र गरेर बीएसएफ अनि ग्रामवासीबीच विवादका कारण भारत–बङ्गलादेश सीमा क्षेत्रमा तनाउ फैलिएको छ। आइतवार रायगञ्ज ब्लकको महिपुर ग्राम पञ्चायतअन्तर्गत शनगा क्षेत्रमा यो घटना भएको हो। उक्त क्षेत्रमा गोरु तस्करी भइरहेको कारण काँड़ेतारनजिक जमीनमा लगाइएका बालीहरू नष्ट भइरहेका ग्रामवासीहरूको आरोप छ। यस घटनाको विरोध गर्न जाँदा बीएसएफसित विवाद भएको बताइएको छ। गोरु तस्करी रोक्दा तस्करहरूको आफन्तहरू आएर झगड़ा आरम्भ गरेका बीएसएफले आरोप लगाएको छ। घटनाको खबर पाएपछि रायगञ्ज थानाअन्तर्गत भाटोल फाँड़ीको पुलिस घटनास्थल पुगेको थियो।त्यस क्षेत्रका वासिन्दा मिजानुर रहमानले आरोप लगाउँदै भने, सीमाको काँड़ेतारनजिक मेरो जमीन छ। मेरो मकैको खेत नष्ट भएको आज बिहान थाहा पाएँ। म त्यहाँ गएर…
Read More