Paromita

119 Posts
एसएसबीद्वारा शहीद योगराज शर्माको स्मृतिमा श्रद्धाञ्जली अर्पण

एसएसबीद्वारा शहीद योगराज शर्माको स्मृतिमा श्रद्धाञ्जली अर्पण

आठौँ वाहिनी सशस्त्र सीमा बल खोप्रेलमा वीर सपूत शहीद योगराज शर्माको पुण्यतिथिको अवसरमा एक विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो। द्वितीय कमाण्ड अधिकारी सोमनाथको नेतृत्वमा वाहिनी परिसरमा सैनिक सम्मानका साथ शहीद स्मारकमा पुष्प गुच्छ अर्पण गरी तिनको बलिदानको स्मरण गरियो। यस अवसरमा शहीद शर्माको सम्झनामा दुई मिनट मौन धारण गरियो।कार्यक्रमलाई सम्बोधन गर्दै सोमनाथले बलका कर्मचारीहरूलाई यस दिनको ऐतिहासिक महत्त्वबारे जानकारी गराए साथै शहीद योगराज शर्माले सन् 1998 मा जम्मू-कश्मीरको चुनौतीपूर्ण अवस्थामा देखाएका साहसको चर्चा गरे। मार्च 1998 मा सशस्त्र सीमा बलको सी-कम्पनीको एउटा टोलीलाई रजौरी जिल्लाको थानामण्डी सर्कलअन्तर्गत हास्प्लोट (मोराकारा) गाउँमा चिकित्सा नागरिक कल्याण शिविर सञ्चालन गर्न खटाइएको थियो। 90 को…
Read More
भागोप्रमोद्वारा उम्मेद्वार घोषणा

भागोप्रमोद्वारा उम्मेद्वार घोषणा

राज्यमा चुनाउ घोषणा भएपछि अनित थापाको दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले पहाड़का तीन विधानसभा आसनका लागि उम्मेद्वार घोषणा गरेको छ। आइतवार राति दलले उम्मेद्वारहरूको सूची सार्वजनिक गरेको हो।अनित थापाले यसअघि नै दलले पहाड़मा एकलै विधानसभा चुनाउ लड्ने बताएका थिए। कालेबुङ विधानसभा क्षेत्रबाट रुदेन सादा लेप्चालाई उम्मेद्वार बनाइएको छ। तिनले सन् 2021 मा उक्त आसन जितेर विधायक बनेका थिए। दार्जीलिङ विधानसभा आसनका लागि विजय कुमार राईलाई उम्मेद्वार बनाइएको छ भने खरसाङ विधानसभा आसनबाट अमर लामालाई उम्मेद्वार घोषणा गरिएको छ। विजय कुमार राई विद्यालयका शिक्षकका रूपमा कार्यरत छन् र पहाड़का विभिन्न सामाजिक संस्थासित पनि आबद्ध छन्। अर्कातिर अमर लामा भागोप्रमोका…
Read More
पानीले आलु खेती नष्ट

पानीले आलु खेती नष्ट

राजगञ्ज क्षेत्रमा पानीले खेत डुबाएपछि आलु खेती गर्ने किसानहरूले ठूलो क्षति ब्योहोर्नु परेको छ। लगभग पाँच बिघा क्षेत्रमा लगाइएको आलुको खेती पूर्ण रूपमा नष्ट भएको बताइएको छ। यो घटना राजगञ्ज ब्लकअन्तर्गत शिकारपुर ग्राम पञ्चायतको नर्थ बेङ्गल फार्म क्षेत्रमा भएको हो।प्राप्त जानकारीअनुसार पछिल्ला दुई दिनदेखि परेको वर्षाको पानीसितै सिँचाइ नहरबाट बगेको पानी कृषक बापी दास अनि निरञ्जन दासको आलु खेतमा पसेको थियो। खेतमा घुँड़ासम्म पानी जम्दा आलु कुहिन थाल्यो र बाली पूर्ण रूपमा नष्ट भयो। पीड़ित किसानहरूले बताएअनुसार तिनीहरूले लगभग तीन महीनाअघि ब्याङ्क तथा साहुकारबाट ऋण लिएर आलु खेती गरेका थिए। यो वर्ष उत्पादन राम्रो हुने आशा गरिएको थियो तर डुबाउका…
Read More
23 अप्रेल पहिलो चरणमै उत्तर बङ्गालमा चुनाउ

23 अप्रेल पहिलो चरणमै उत्तर बङ्गालमा चुनाउ

सन् 2021 मा तीन चरणमा भए पनि यसपल्ट उत्तर बङ्गालमा एकै चरणमा चुनाउ हुने भएको छ। 23 अप्रेल पहिलो चरणमा राज्यका 16 जिल्लाका 152 वटा आसनमा चुनाउ हुनेछ, जसमा उत्तरका आठ जिल्लाका ५४ वटा केन्द्र समावेश छन्। आइतवार साँझ चुनाउ आयोगले चुनाउको तालिका घोषणा गर्ने बित्तिकै हिलीबाट हल्दीबारीसम्म सबै ठाउँमा दक्षिणपन्थी–वामपन्थी सबै पक्ष कम्मर कसेर मैदानमा उत्रिएका छन्। उम्मेद्वारको सूची घोषणा नभए पनि भित्ते लेखन आरम्भ भइसकेको छ। जुलुस र सभामार्फत सत्तारूढ़ पक्ष र विपक्षीहरूले प्रचारलाई तीव्रता दिएका छन्। एसआईआर प्रक्रियाका कारण उत्तरका प्रत्येक जिल्लामा धेरै मतदाताको नाम अदालती विचाराधीन अवस्थामा रहेको छ। अन्तिम मतदाता सूचीबाट हटाइएका हजारौँ मानिसले फेरि…
Read More
डीए प्राप्ति उत्सवको तयारीमा तृणमूल सङ्गठन

डीए प्राप्ति उत्सवको तयारीमा तृणमूल सङ्गठन

मुख्यमन्त्री ममता ब्यानर्जीले बाँकी महँगी भत्ता (डीए) घोषणा गरेपछि राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, शिक्षाकर्मी, पञ्चायत तथा नगरपालिका कर्मचारीहरूबीच उत्साह देखिएको छ। तर यस विषयमाथि भाजपा तथा वाममोर्चाका सरकारी कर्मचारी र शिक्षक सङ्गठनहरूले व्यङ्ग्य गरेका छन्। मुख्यमन्त्रीको घोषणापछि आज सोमवार राज्य सरकारका विभिन्न विभागहरूमा तृणमूल राज्य सरकारी कर्मचारी फेडेरेशनको जिल्ला नेतृत्वले मिठाई बाँड़ेर उत्सव मनाउने तयारी आरम्भ गरेको छ।फेडेरेशनका जिल्ला अध्यक्ष चिरञ्जीव मिश्रले भने, मुख्यमन्त्री राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका तथा पञ्चायत र नगरपालिका कर्मचारीहरूको हितमा रहेकी हामी सधैँ भन्दै आइरहेका छौँ। तर तिनको सदिच्छा भए पनि केन्द्रबाट राज्यप्रति भइरहेको आर्थिक वञ्चनाका कारण महँगी भत्ताको बाँकी रकम भुक्तान गर्न राज्य सरकारका लागि…
Read More
आदिलाबाद नजिकै तेलंगानाको लुकेको प्राकृतिक रिट्रीट

आदिलाबाद नजिकै तेलंगानाको लुकेको प्राकृतिक रिट्रीट

वन र आदिवासी संस्कृतिको क्षेत्र भनेर चिनिन्छ, प्रकृतिले आफ्नो सबैभन्दा प्रामाणिक अवस्थामा आफूलाई प्रकट गर्छ। हरियालीपूर्ण वनहरू असीमित रूपमा फैलिएका छन्, झरनाहरू उबडखाबड पहाडहरूबाट तल झर्दछन्, उपत्यकाहरूलाई कुहिरोले ढाक्छ, र आदिवासी गाउँहरू उजाडस्थानको छेउमा सामंजस्यपूर्ण रूपमा अवस्थित छन्। चराहरू विशाल आकाशमा उड्छन् जबकि बादलहरू चुचुराहरूसँग ठोक्किन्छन्, एक दृश्य बनाउँछ जुन समय बित्दै जाँदा अक्षुण्ण देखिन्छ। अविभाजित आदिलाबाद जिल्लाका धेरै मनमोहक गन्तव्यहरू मध्ये, खण्डाला प्रकृति प्रेमीहरूको मनपर्नेको रूपमा खडा छ। सप्ताहन्त र बिदाहरूमा, यो शान्त गन्तव्यमा आगन्तुकहरूको निरन्तर प्रवाह देखिन्छ। खण्डालाको आकर्षण यसको अछुतो परिदृश्य र शान्त वातावरणमा निहित छ, जसले गर्दा प्रकृतिको बीचमा शान्ति खोज्नेहरूका लागि यो उत्तम ठाउँ हो।…
Read More
भारतका यी मन्दिरहरू अवश्य भ्रमण गर्नुपर्छ, जहाँ भक्तहरू विशिष्ट अनुष्ठानहरूमा संलग्न हुन्छन्

भारतका यी मन्दिरहरू अवश्य भ्रमण गर्नुपर्छ, जहाँ भक्तहरू विशिष्ट अनुष्ठानहरूमा संलग्न हुन्छन्

भारत आफ्नो विविध संस्कृति र प्रचुर परम्पराका लागि परिचित छ। यहाँ असंख्य मन्दिरहरू छन्, प्रत्येकले भक्ति र आध्यात्मिकताको कथा वर्णन गर्दछ। यद्यपि अधिकांश मन्दिरहरूले परम्परागत अभ्यासहरू पालना गर्छन्, केही चुनिएकाहरूले अपरम्परागत अभ्यासहरू अपनाएर आफ्नो पहिचान बनाएका छन्। भारतको व्यापक आध्यात्मिक क्षेत्रमा, टेम्पल कनेक्टका संस्थापक गिरीश वासुदेव कुलकर्णीले पाँचवटा मन्दिरहरू प्रस्तुत गर्छन् जुन आस्थाको प्रतीकको रूपमा प्रतिष्ठित छन्, साथै एकै साथ जिज्ञासा र विस्मय जगाउँछन्। यी मन्दिरहरूको आध्यात्मिक महत्त्व केवल तिनीहरूको वास्तुकलाको सुन्दरतामा मात्र नभई तिनीहरूले व्यक्त गर्ने उल्लेखनीय कथाहरू, तिनीहरूले अभ्यास गर्ने विशिष्ट अनुष्ठानहरू र टाढा-टाढाबाट भक्तहरूलाई आकर्षित गर्ने दृढ भक्तिमा पनि निहित छ।कुक्के सुब्रह्मण्य मन्दिरकर्नाटकको दक्षिण कन्नड जिल्लामा कुमारधाराको…
Read More
87 हजारभन्दा बढ़ी विद्यार्थीलाई विभिन्न छात्रवृत्ति

87 हजारभन्दा बढ़ी विद्यार्थीलाई विभिन्न छात्रवृत्ति

आर्थिक रूपमा पछाड़ि परेका परिवारका बालक-बालिकालाई पढ़ाई जारी राख्न सहयोग पुर्यादउने उद्देश्यले जलपाइगढ़ीमा 87 हजारभन्दा बढ़ी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। राज्य सरकारको आदिवासी तथा पछाड़िएको वर्ग कल्याण विभागबाट तिनीहरूले ओएसीस, शिक्षाश्री र मेधाश्री छात्रवृत्ति पाइरहेका छन्। साथै पछाड़ि परेका समुदायका विद्यार्थीहरूले निःशुल्क छात्रावासमा बसेर पढ़ाई गर्न सकून् भन्ने उद्देश्यमा राज्य सरकारले त्यसको पनि व्यवस्था गरेको छ।जलपाइगढ़ी जिल्लामा हाल यस्ता 18 वटा छात्रावास सञ्चालनमा छन्। चाँड़ै नै थप एउटा छात्रावास सञ्चालनमा आउने तयारी भइरहेको छ। छात्रावासमा बस्ने विद्यार्थीहरूको खानपानका लागि राज्य सरकारले प्रत्येक महीना 1800 रुपियाँ उपलब्ध गराइरहेको छ। यसबारे राज्यका आदिवासी तथा पछाड़िएको वर्ग कल्याण मन्त्री बुलुचिक बराइकले भने,…
Read More
घरकै सिलिण्डरले मिड डे मिल

घरकै सिलिण्डरले मिड डे मिल

ग्यास नपाएपछि खोरीबारी हाई स्कूलमा स्वयं स्वनिर्भर समूहका महिलाहरूले घरबाट सिलिण्डर ल्याएर मिड डे मिल पकाइरहेका छन्। यस्तै अवस्थाका कारण सिलगढ़ी शहरका विभिन्न विद्यालय, माँ क्याण्टिन, अस्पताल तथा सरकारी कार्यालयका क्याण्टिनहरू पनि यसै गरी सञ्चालन गरिँदैछ। यस्तो परिस्थितिमा आज शुक्रवार सिलगढ़ी नगर निगमले ग्यास एजेन्सीहरूसित बैठक बस्दैछ। अवस्थाको समीक्षा गरेपछि आवश्यक कदम चालिने आश्वासन दिइएको छ।सिलगढ़ी महकुमामा खाना पकाउने ग्यासको तीव्र अभावका कारण खोरीबारी हाई स्कूल प्रभावित भएको छ। विद्यालय सूत्रअनुसार दैनिक पाँचौँदेखि आठौँ कक्षासम्म 625 विद्यार्थीहरूले मिड डे मिल खान्छन्। यसका लागि हप्तामा दुईवटा अर्थात् महीनामा आठवटा सिलिण्डर आवश्यक पर्छ। दुई दिनअघि स्थानीय एजेन्सीसित सम्पर्क गर्दा पनि स्वयं स्वनिर्भर…
Read More
सिलगढ़ीमा 93 औँ पारिजात जयन्ती

सिलगढ़ीमा 93 औँ पारिजात जयन्ती

नेपाली साहित्यकी कालजयी लेखिका विष्णु कुमारी वाइबा (पारिजात) को 93औँ जन्मजयन्ती शहरमा धूमधामले मनाइयो। शहरमा आयोजित पारिजात सांस्कृतिक शोभायात्रा नेपाली भाषा र साहित्यप्रति सर्वसाधारणको हार्दिक माया र सम्मानको प्रतिविम्ब बनेको थियो। कार्यक्रमको आयोजना सिलगढ़ी पारिजात जयन्ती समारोह समिति तथा नगर निगमको 42 नम्बर वार्ड समितिले गरेको थियो।शोभायात्रामा महिला–पुरुषसहित सयौँ साहित्यप्रेमीहरूले सहभागिता जनाए। मुख्य आकर्षण पारिजातको प्रतिकृति लिएर शहरका प्रमुख सड़कहरूमा गरिएको पदयात्रा थियो। जहाँ स्थानीय विशिष्ट व्यक्तित्वहरू तथा साहित्यप्रेमीहरूले पारिजात चोकस्थित पारिजातको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छ अर्पण गरे। आयोजकहरूअनुसार पारिजात केवल एक लेखिका मात्र थिइनन् तिनी शोषित र वञ्चित मानिसहरूको आवाज थिइन्। तिनको कालजयी उपन्यास शिरीषको फूल-ले आज पनि नयाँ…
Read More