Paromita

119 Posts
ओमिक्रोनको रहस्य उजागर गर्न विश्व मञ्चमा बानरहाटका युवा

ओमिक्रोनको रहस्य उजागर गर्न विश्व मञ्चमा बानरहाटका युवा

वैश्विक महामारी सिर्जना गर्ने घातक कोरोना भाइरसको ओमिक्रोन प्रकारमाथि गरिएको आफ्नो अनुसन्धान प्रस्तुत गर्न बानरहाटका एक युवा विश्व मञ्चतर्फ प्रस्थान गरेका छन्। जर्मनीको फ्राङ्कफुर्टस्थित हाइडलबर्ग विश्वविद्यालयको सेमिनारमा सुप्रतीम सरकारलाई निमन्त्रणा प्राप्त भएको छ। तिनी हाल कोलकाताको इण्डियन इन्स्टिच्युट अफ केमिकल बायोलोजी (आईआईसीबी) मा वरिष्ठ अनुसन्धान स्कलरको रूपमा कार्यरत छन्। 700 वर्ष पुरानो उक्त विश्वविद्यालयमा बिहीवार तिनले आफ्नो अनुसन्धान पत्र प्रतिष्ठित वैज्ञानिकहरूका सामु प्रस्तुत गर्नेछन्। यसअघि नै सुप्रतीम जर्मनी पुगिसकेका छन्। त्यहाँ सोसाइटी फर भाइरोलोजीको 35औँ वार्षिक सभा आयोजना भइरहेको छ। यो कार्यक्रम 20 मार्चसम्म चल्नेछ। बुधवार जर्मनीबाटै तिनले भने, म अत्यन्त खुशी छु। काउन्सिल अफ साइएन्टिफिक एण्ड इण्डस्ट्रियल रिसर्चले मलाई…
Read More
हुरी-बतासमा एक युवकको मृत्यु

हुरी-बतासमा एक युवकको मृत्यु

कालबैशाखी आँधीको ताण्डवका कारण मैनागुड़ीमा हृदयविदारक मृत्युको घटना घटेको छ। बुधवार मध्य राति मैनागुड़ी ब्लकको खागड़ाबारी 2 ग्राम पञ्चायतअन्तर्गत द्वारिकामारी क्षेत्रमा आँधीका कारण ढलेको रूखले थिच्दा सुजन दास (18) को मृत्यु भएको छ। घटनामा तिनका साथी काजल दास गम्भीर रूपले घाइते भएका छन्।स्थानीय सूत्रअनुसार, बुधवार राति साथीलाई साथमा लिएर घरनजिक आफ्नै पसलमा सुजन सुतिरहेका थिए। त्यसपछि अचानक असिनासहित हुरी बतास चल्न थाल्यो। त्यसै समयमा एउटा ठूलो बरको रूख उखेलिएर पसलमाथि ढल्यो। रूखले थिच्दा घटनास्थलमै सुजनको मृत्यु भयो। स्थानीय वासिन्दाले हतार–हतार तिनीहरूलाई उद्धार गरी मैनागुड़ी अस्पताल पुर्या्ए। हाल काजल त्यहाँ उपचाराधीन छन्।यस घटनाले क्षेत्रमा शोकको वातावरण छाएको छ। बिहीवार बिहान मृतक…
Read More
एम्बुलेन्स–ट्रेलरको ठक्करमा भीषण आगलागी

एम्बुलेन्स–ट्रेलरको ठक्करमा भीषण आगलागी

ठोक्किएपछि एम्बुलेन्स अनि ट्रेलर हुरुरु जले। 27 नम्बर राष्ट्रिय राजमार्गको मोहितनगर ओभरब्रिजनजिक जलपाइगढ़ीबाट सिलगढ़ी आउँदै गरेको एम्बुलेन्स अनि ट्रेलर मुखामुखी ठोक्किए। त्यसपछि आगलागी हुँदा राष्ट्रिय राजमार्ग स्तब्ध भयो। घटनाको खबर पाएपछि दमकल र पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। यद्यपि यस घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन।बुधवार अबेर राति एउटा एम्बुलेन्स सर्भिस रोडबाट 27 नम्बर राष्ट्रिय राजमार्गको चार लेन सड़कमा चढ्न लाग्दा ट्रेलरसित मुखामुखी ठोक्कियो। ट्रेलर सिलगढ़ीबाट असमतर्फ जाँदै थियो। अचानक तीव्र गतिमा आइरहेको ट्रकको अगाड़ि एम्बुलेन्स परेकाले ट्रेलरले कुनै पनि स्थितिमा गति नियन्त्रण गर्न सकेन। ठोक्किएपछि एम्बुलेन्स र ट्रेलरमा आगो लाग्यो र केही क्षणमै आगो तीव्र रूपमा फैलियो। खबर…
Read More
आमाको हत्या घटनाको पुनर्निर्माण

आमाको हत्या घटनाको पुनर्निर्माण

एउटै समयमा श्राद्ध र हत्या घटनाको पुनर्निर्माण। एकातिर घरको आँगनमा सानो छोराले आमाको श्राद्ध कर्म गर्दै थिए। आफन्तहरू पनि उपस्थित थिए। त्यसै समयमा कालो कपड़ाले अनुहार ढाकिएको र हातकड़ी लगाइएको अवस्थामा पुलिसको घेराबन्दीमा आमाको हत्या आरोपमा पक्राउ परेका जेठो छोरा घरभित्र प्रवेश गरे। घटनाको पुनर्निर्माणका लागि आरोपीलाई आफ्नै घरमा ल्याइएको थियो। गएको आइतवार राति मैनागुड़ीको चौथो वार्ड निवासी मीरारानी साहाको हत्या भएको थियो। आमाको हत्या आरोपमा जेठो छोरा सुशान्त साहालाई पुलिसले पक्राउ गरेको थियो।त्यो दिन मृतकको श्राद्धकर्म थियो। सोही समय पुलिसले आरोपी र फोरेन्सिक टोलीलाई लिएर घटनास्थलमा आइपुग्यो। त्यसपछि लगभग चार घण्टासम्म घटनास्थलबाट विभिन्न नमुना सङ्कलन गरियो। पछि टोली आरोपीको…
Read More
ममता ब्यानर्जीको फोनमै पग्लिए खगेश्वर

ममता ब्यानर्जीको फोनमै पग्लिए खगेश्वर

दलबाट राजीनामा दिने निर्णय गरेपछि खगेश्वर रायको घरमा तृणमूल कङ्ग्रेसको किसान खेत मजदुर युनियनका जिल्ला अध्यक्ष दुलाल देवनाथ पुगे। प्राप्त जानकारीअनुसार तिनको घरमा तृणमूलकी जिल्ला सभानेत्री महुआ गोप पनि आउनेछन्। साथै निवर्तमान मन्त्री तथा माल विधानसभा क्षेत्रका तृणमूल उम्मेदवार बुलुचिक बराइक पनि आउनेछन्। यसअघि नै राजगञ्जस्थित तिनको घरमा तृणमूलका मैनागुड़ीका उम्मेदवार राममोहन राय र दलका जिल्ला सह-उपाध्यक्ष चन्दन भौमिक पुगिसकेका छन्। सूत्रअनुसार तृणमूल सुप्रिमो ममता ब्यानर्जीसित फोनमा पनि खगेश्वरको कुराकानी भएको छ। त्यसपछि नै स्थिति सामान्य भयो। खगेश्वरले तृणमूलमै पहिले झैँ सक्रिय रहने निर्णय लिएका छन्। तिनले भने, हिजो राति 10.30 बजी ममता ब्यानर्जीले फोन गरेकी थिइन्। त्यसपछि आज बिहीवार…
Read More
तृणमूल–भाजपा उम्मेद्वारको पूजा विषयमा अलिपुरद्वारको मन्दिरमा तनाउ

तृणमूल–भाजपा उम्मेद्वारको पूजा विषयमा अलिपुरद्वारको मन्दिरमा तनाउ

विधानसभा निर्वाचनका उम्मेद्वार घोषणा भएपछि अलिपुरद्वारमा राजनीतिक तनाउ क्रमशः बढ्दै गइरहेको छ। सोही तनाउको अभिव्यक्ति शहरमै देखियो जहाँ भाजपा र तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूबीच नारा–प्रतिनाराले क्षेत्र तात्तियो। अलिपुरद्वारका भाजपा उम्मेद्वार परितोष दास शहरको 3 नम्बर वार्डस्थित दक्षिणेश्वर रामकृष्ण सङ्घ आद्यापीठ मन्दिरमा पूजा गर्न पुगेका थिए। पूजा सकेर मन्दिर परिसरबाट जनसम्पर्क गर्दै बाहिर निस्किने क्रममा नै नारा–युद्ध आरम्भ भयो। त्यसै मन्दिरमा पूजा गर्न तृणमूलका उम्मेद्वार सुमन काञ्जीलाल पनि आउने कार्यक्रम थियो। भाजपा उम्मेद्वार मन्दिरबाट बाहिर निस्कँदा सुमन काञ्जीलालको प्रतीक्षामा रहेका कार्यकर्ताहरूले परितोष दासतर्फ लक्षित गर्दै जय बङ्गला नारा लगाउन थाले।यसको प्रतिकारमा उम्मेद्वारसित रहेका भाजपा कार्यकर्ताहरूले पनि जय श्रीराम नारा लगाए। क्षणभरमै नारा–प्रतिनाराले…
Read More
स्वप्नालाई उम्मेद्वार बनाएपछि तृणमूल विधायकको युद्धघोषणा

स्वप्नालाई उम्मेद्वार बनाएपछि तृणमूल विधायकको युद्धघोषणा

जलपाइगढ़ीको तृणमूल कार्यालयमा नेता-कर्मीहरूसित बसेका थिए राजगञ्जका निवर्तमान विधायक खगेश्वर राय। तिनको नजर नेतृ ममता ब्यानर्जीको उम्मेद्वार सूची घोषणातर्फ थियो। मेखलीगञ्जबाट उम्मेद्वारको नाम घोषणा गरिन् ममता ब्यानर्जीले। खगेश्वर सतर्क भएर बसे। तर क्रमशः तिनको विधानसभा क्षेत्रका उम्मेद्वारको नाम घोषणा हुन साथ तिनको अनुहार फिक्का भयो। त्यसपछि ममता, अभिषेक ब्यानर्जीले अरू कुन-कुन क्षेत्रमा कसलाई उम्मेद्वार बनाए भन्ने तृणमूल विधायकको कानमा नै परेन। तृणमूलको उम्मेद्वार सूची सार्वजनिक भएको केही घण्टा पनि बितेको थिएन। खगेश्वरले दलको पदबाट राजीनामा दिए। त्यति मात्र होइन तिनले राजगञ्जका तृणमूल उम्मेद्वार स्वप्ना बर्मनको हार निश्चित रहेको भविष्यवाणी पनि गरे>2018 को एशियाडमा स्वर्ण पदक जितेकी एथ्लिट स्वप्नाको हातमा गत…
Read More
घृणित प्रतिशोधको शिकार 10 वर्षीय बालक

घृणित प्रतिशोधको शिकार 10 वर्षीय बालक

मेडिकल फाँड़ीको विधानपल्ली क्षेत्रबाट हराएका 10 वर्षीय नाबालकको दुःखद अन्त्य सार्वजनिक भएको छ। हराएको सात दिनपछि आफ्नै सौतेला छोरालाई योजनाबद्ध रूपमा हत्या गरिएको थाहा भयो। हत्याको आरोप सौतेला पिता उत्तम बर्मनविरुद्ध लागेको छ। शीतलकुचीका वासिन्दा उक्त आरोपीलाई मङ्गलवार राति पुलिसले गरेको जाँचपड़तालमा तिनले हत्या गरेको स्वीकार गरेको छ।छोरा हराउनुको पछाड़ि आफ्नै श्रीमानमाथि शङ्का व्यक्त गरेकी थिइन् श्रीमती सावित्री बर्मनले। बितेको बिहीवार चार्जर लिनुपर्ने बहानामा घर फर्किएर उत्तमले तिनको छोरालाई लिएर बाहिर निस्किएको तिनले आरोप लगाएकी थिइन्। त्यसपछि नै छोराको कुनै खबर पाइएन। सावित्रीको उजुरीको आधारमा गत आइतवार पुलिसले उत्तमलाई पक्राउ गरेको थियो। सोमवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गर्दा न्यायाधीशले एक…
Read More
11 जिल्ला शासक स्थानान्तरण

11 जिल्ला शासक स्थानान्तरण

पश्चिम बङ्गाल चुनाउ 2026 को पूर्वसन्ध्यामा राज्यभरि एकसाथ धेरै जिल्ला शासकहरूलाई स्थानान्तरण गरिएको छ। यसमा उत्तर बङ्गालका धेरै जिल्ला पनि समावेश छन्। बुधवार नै आयोगले राज्यका पाँच स्थानका डीआईजी पदाधिकारीहरूलाई हटाउने निर्देशिका जारी गरेको थियो। त्यसको लगभग एक घण्टाभित्रै जिल्ला शासकहरूलाई पनि स्थानान्तरण गरियो। निर्देशिकामा राज्यका 11 जिल्लामा नयाँ जिल्ला शासक नियुक्त गर्ने विषय उल्लेख गरिएको छ। उक्त सूचीमा दार्जीलिङ, अलिपुरद्वार, कोचबिहार, जलपाइगढ़ी, उत्तर दिनाजपुर, मालदा, मुर्शिदाबाद, नदिया, पूर्व बर्धमान तथा दुवै 24 परगना समावेश छन्। यी सबै सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीको जिम्मावारीमा थिए। यसबाहेक कोलकाताका दुई डीईओलाई पनि हटाइएको छ। बुधवार आयोगले यस सम्बन्धमा निर्देशिका जारी गरेको हो।जिम्मावारी सम्हालेको…
Read More
घरबन्दी महिलाको उद्धार

घरबन्दी महिलाको उद्धार

स्वेच्छामृत्यु’ माग्दै लामो समयदेखि आफूलाई घरभित्र थुनेर राखेकी एक महिलालाई ढोका फुटाएर पुलिसले उद्धार गरेको छ। यस घटनालाई केन्द्रमा राख्दै जलपाइगढ़ी नगरपालिकाको 25 नम्बर वार्डको शान्तिपाड़ामा हलचल मच्चिएको छ। दिनहुँ खानपिन बन्द गरेर ढोका बन्द गरी घरभित्रै बसेकी शान्ता होम (48) नामक अविवाहित महिलाको शरीर कङ्कालजस्तै दुब्लो भएको छ। स्थानीय काउन्सिलर र वासिन्दाहरूको सहयोगमा एकलो जीवन बिताइरहेकी उक्त महिलालाई उद्धार गरी सोही दिन उपचारका लागि जलपाइगढ़ी मेडिकल कलेजमा भर्ना गरिएको छ। तिनले किन स्वेच्छामृत्यु माग्दै आफूलाई घरभित्र थुनेर राखेकी थिइन् भन्ने विषयबारे पुलिसको प्रश्नमा उक्त महिलाले स्पष्ट रूपमा केही पनि बताइनन्। तिनले भनिन्, मेरो बुबा-आमा छैनन्। कोही छैन। म बाँच्न…
Read More