26
May
प्रमुख दूरसञ्चार प्रदायक, भोडाफोन आइडिया (Vi), ले पश्चिम बंगालमा आफ्नो ५G सेवा क्षेत्रलाई विस्तार गर्दै मालदा, हल्दिया र बर्हमपुरमा नयाँ सेवाहरू सञ्चालन थालेको छ। साथै, कम्पनीले आगामी जुन महिनासम्म गान्तोक र दार्जिलिङसहित सात अन्य शहरहरूमा पनि ५G कनेक्टिभिटी सुरु गर्ने योजना बनाएको छ। कम्पनीले औद्योगिक, व्यावसायिक र पर्यटन-संचालित बजारहरूमा नेटवर्क उपस्थिति सुदृढ गर्ने रणनीतिको एक भागको रूपमा विस्तारको अर्को चरणमा दुर्गापुर, आसनसोल, हाबडा-अशोकनगर, बर्दवान, खड़गपुर, गान्तोक र दार्जीलिंगलाई समेट्ने बताएको छ। वी ले यसअघि कोलकाता र सिलगढ़ीमा ५G सेवाहरु सुरु गेरको थियो। कम्पनीका अनुसार, यो रोलआउट उच्च डेटा खपत र द्रुत डिजिटल वृद्धि देख्ने प्रमुख बजारहरूमा केन्द्रित छ। विस्तार योजना…
