13
Dec
उत्तर बंगाल र पहाडी क्षेत्रमा क्यान्सरका घटनाहरू तीव्र रूपमा बढ्दै गइरहेका छन्, र यसबारे सही जानकारी अभाव रहेको देखिन्छ। यही कारण, मणिपाल अस्पताल सिलिगुडी र रंगापानी अस्पतालले आज दार्जिलिङमा ‘अन्वेषणा – मेडिकल एजुकेशन फर मिडिया’ नामक जागरूकता कार्यक्रम आयोजना गर्यो। यस कार्यक्रममा अस्पतालले पहिलोपटक निःशुल्क टेलीकन्सल्टेशन सुविधा सुरु गरेको छ, जसले गर्दा बिरामीहरू अस्पताल नआइकनै चिकित्सकसँग प्रारम्भिक परामर्श लिन सक्नेछन्। साथै, क्यान्सर सर्जरीका लागि निःशुल्क दोस्रो मत (सेकेन्ड ओपिनियन) पनि उपलब्ध गराइनेछ। यसबाट टाढा रहने बिरामीहरूले समयमै सही चिकित्सकको सल्लाह र उचित उपचार पाउन सजिलो हुने छ। कार्यक्रममा डा. अयनाभ देबगुप्ता (रीजनल चीफ अपरेटिङ अफिसर – ईस्ट) र श्री संजय…
