बीपी इन्टरप्राइजेसको तत्वधानमा तयार गरिएको थुक्का हामी नामक नाटक आउने १८ अक्टोबरको दिन जीडीएनएस हलमा हुने जानकारी दिपिका गुरूङले दिइन् । उक्त दिन सबैलाई आएर नाटक हेरिदिने आह्वान गर्दै उनले जातिप्रेमी पहाड़वासीले यो नाटक हेर्नेपर्ने रहेको बताइन् । उक्त नाटकको टिकट जीडीएनएस हल र बाटो उकालो पत्र-पत्रिका बिक्री गर्ने ठाउँमा उपलब्ध रहेको जनाउँदै उनले भनेअनुसार उक्त नाटक बिहान ११ बजी अनि दिउँसो ३ बजी गरी दुइवटा शो हुनेछ । नेपाली सिने जगत साथै नाट्य विधाका वरिष्ठ कलाकार महेन्द्र थापाले भनेअनुसार उक्त नाटक यस अघि कालेबुङमा प्रदर्शन गरिएको हो। त्यहाँका दर्शकहरूले यस नाटकलाई धेरै रूचाए। उक्त नाटकका लेखक तथा निर्देशक बिक्रम पराजुलीले पनि नाटक विधालाई लिएर आफ्नो कुरा राखे। यस नाटकमा लाहुरे चलचित्रकानायक प्रदीप पाखरिनलगायत चलचित्र अनि नाट्य क्षेत्रका कलाकारहरूले अभिनय गरेको जानकारी गराइएको छ
१८ अक्टोबरमा जीडीएनएस हलमा ‘थुक्का हामी’ नाटकको दुई शो
