नयाँ पार्टीको नाम र झण्डा १३ सेप्टेम्बरमा घोषणा हुने

नयाँ पार्टी निर्माण समितिले आगामी १३ सेप्टेम्बर २०२६, आइतबार नयाँ राजनीतिक पार्टीको नाम तथा नयाँ झण्डा सार्वजनिक गर्ने भएको छ।
समितिका तर्फबाट छिरिङ तामाङ र सबिन भाइ, बिजनबारीले सम्पूर्ण गोर्खाल्याण्डप्रेमी जनतालाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
आइतबार हुने घोषणा कार्यक्रममा नयाँ पार्टीको नामसँगै पार्टीका उद्देश्य, नीति तथा भावी कार्यदिशाबारे समेत जनतासमक्ष स्पष्ट रूपमा जानकारी गराइने बताइएको छ।
समितिले गोर्खाल्याण्डको मुद्दाप्रति प्रतिबद्ध सम्पूर्ण समर्थक तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ राजनीतिक अभियानमा साथ दिन अपिल गरेको छ।

By Paromita