आँगनबाड़ी केन्द्र दखलमुक्त

अलिपुरद्वार 1 ब्लकअन्तर्गत पूर्व काठालबारी ग्राम पञ्चायतको पश्चिम काठालबारी गाउँमा सन् 2017 मा एउटा आँगनबाड़ी केन्द्र निर्माण गरिएको थियो। तर यति वर्ष बितिसक्दा पनि उक्त केन्द्र सञ्चालनमा आएको छैन। उक्त केन्द्र मानौँ मिनी कोल्ड स्टोरेजमा परिणत भएको छ। त्यहाँ आलु भण्डारण गरिएको छ। आरोपअनुसार, उक्त आँगनबाड़ी केन्द्रको जमीनदाता विश्वजीत सरकारले पक्की घरलाई व्यक्तिगत प्रयोगमा चलाइरहेका थिए। आँगनबाड़ी केन्द्रभित्र आलु भण्डारण गरेर राखिएको थियो।
मङ्गलवार गाउँका मानिसहरू त्यहाँ जम्मा भए। तिनीहरूले आँगनबाड़ी केन्द्रको ताला खोलेर सबै कुरा अवलोकन गरे र पुनः आफैले ताला लगाएर चाबी पञ्चायत सदस्य झण्टु सरकारलाई बुझाए। अब उक्त आँगनबाड़ी केन्द्र प्रशासनले प्रयोग गरोस् र बालक-बालिकाको पढ़ाई सञ्चालन गरियोस् भन्ने स्थानीय मानिसहरूको माग छ। तर भवन निर्माण भएपछि पनि किन केन्द्र सञ्चालनमा आएन भन्ने प्रश्नको उत्तर अझै पाइएको छैन।
खबर पाएपछि घटनास्थलमा अलिपुरद्वार 1 पञ्चायत समितिका सदस्य जीवन सरकार पुगे। तिनले भने, गाउँलेहरूको आह्वानमा म यहाँ आएको हुँ। किन यति समयसम्म केन्द्र सञ्चालनमा आएन भन्ने विषय प्रशासनको उच्च तहसम्म पुर्या इनेछ। यसबीच आरोपी विश्वजीत सरकारलाई भेटिएन। तिनकी श्रीमती मञ्जु सरकारले भनिन्, हाम्रो जमीनमै यो भवन बनेको हो। यति समयसम्म पनि सञ्चालनमा नआएकाले केही दिनदेखि त्यहाँ आलु राखिएको हो।

By Paromita