आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर सोमवार राजगञ्जमा आफ्नो प्रचार अभियानलाई तीव्र बनाउँदै तृणमूल कङ्ग्रेसले आफ्नो उम्मेद्वार स्वप्ना बर्मनको समर्थनमा एक विशाल जनसभा आयोजना गरेको छ।
सभा बेलाकोबा पब्लिक क्लब मैदानमा आयोजना गरिएको थियो। सभामा पार्टी नेतृ सायोनी घोष उपस्थित थिइन्। सभालाई सम्बोधन गर्दै तिनले राज्य सरकारद्वारा गरिएका विकासात्मक कार्यहरूबारे प्रकाश पारिन् र आगामी चुनाउमा तृणमूल कङ्ग्रेसलाई समर्थन गर्न जनतासमक्ष आग्रह गरिन्। आफ्नो भाषणका क्रममा तिनले भाजपामाथि कठोर आलोचना समेत गरिन्।
सभामा जलपाइगढ़ी जिल्ला तृणमूल कङ्ग्रेसका अध्यक्ष खगेश्वर राय, तपन दे, राजगञ्ज ब्लक टीएमवाईसीका अध्यक्ष निलाद्री बोस साथै स्थानीय नेताहरू र ठूलो सङ्ख्यामा पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित रहेका थिए।
स्वप्ना बर्मनको समर्थनमा सायोनीद्वारा सभा
