football

एशियन कप अन्तर्गत तेस्रो चरणका खेल भारतमा हुने

एशियन कप अन्तर्गत तेस्रो चरणका खेल भारतमा हुने

आगामी जुनमा हुने एएफसी एशियन कपको तेस्रो चरणको छनोट खेलहरु भारतमा हुने भएका छन । एएफसीले तेस्रो चरणका छनोट खेलहरु भारतमा हुने जनाएको छ । एएफसीका अनुसार तेस्रो चरणका छनोट खेलहरु जुनको आठ, ११ र १४ तारिखमा हुनेछन । जसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ ।  पहिलो पटक एशियन कपको तेस्रो चरणमा प्रवेश गरेको नेपाली टिमले ए डिभिजन लिग सकिए लगत्तै तयारी सुरु गर्ने संभावना छ ।  त्यसपछि नेपाली टिमले तयारी स्वरुप अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने संभावनापनि छ । चीनमा हुने एशियन कप अर्को बर्षको जुन १६ बाट सुरु हुनेछ । छनोट चरणमा सहभागि कुल २४ देश मध्ये १३ टिम एशियन…
Read More
रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिगमा गोल गरेका छन्। मंगलबार राति युनाइटेडकै मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउने क्रममा रोनाल्डोले गोल गरेका हुन्। रोनाल्डोको गोलसँगै युनाइटेडको लगातार छ खेलको गोल खडेरी पनि तोडिएको छ। त्यो गोलसँगै अग्रता बनाएको युनाइटेडले गएराति ब्राइटोनलाई २-० गोलअन्तरले हराएको हो। युनाइटेडका लागि अर्को गोल ब्रुनोफर्नान्डेसले गरे। उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलमा रोनाल्डोका लागि म्याक टोमिनीले पास दिएका थिए भने फर्नान्डेसका लागि पोग्बाले पास उपलब्ध गराए। यता खेलको ५४औं मिनेटमा ब्राइटोनका एक खेलाडीले रातो कार्ड पाएका थिए।यो जितसँगै युनाइटेड पुन चौथौ स्थानमा पुगेको छ। उसले २५ खेलबाट…
Read More
गिनिज बुक रेकर्ड प्रमाणपत्र एन्फा पदाधिकारीबाट लिने इच्छा पूरा भएन, आमाको हातबाट लिएँ – दीपा अधिकारी

गिनिज बुक रेकर्ड प्रमाणपत्र एन्फा पदाधिकारीबाट लिने इच्छा पूरा भएन, आमाको हातबाट लिएँ – दीपा अधिकारी

सायद फेरि अब म फुटबलमा फर्कन्न। देशका लागि घरपरिवार, पढाइ, उमेर, कर्म सबैथोक त्यागेर खेलियो। तर अन्तमा चोट भएपछि मैदान बाहिर भइयो। अब पुग्यो। अब भविष्य हेर्न र परिवार पाल्न विदेशिनुको विकल्प छैन’, एकै सासमा पूर्वराष्ट्रिय महिला खेलाडी दीपा अधिकारीले भनिन्। मोरङको कानेपोखरी गाँउपालिका ७ मा २०४९ सालमा जन्मिएकी दीपा सानैबाट फुटबलमा रमाँउथिन्। सानैमा उनको साथी सडक र चौरमा फुटबल खेल्ने केटाहरु र फुटबल नै रह्यो। सानैमा खेल्दै गर्दा स्थानीय डम्मर गुरुङको देन उनी भुल्न नसक्ने बताँउछिन्। म्याच कमिश्नरको भूमिका निभाउँदै आएकी अधिकारीले भनिन्, ‘सानैमा डम्मर गुरुङ सरले मलाई फुटबलमा नडोराइदिएको भए आज घरभित्र चुल्होचौकामा सीमित रहने थिएँ। विश्वमा मातृभूमिको…
Read More
क्रिस्टियानो रोनाल्डोः पोर्चुगलका लागि गरे १११ गोल, फुटबलमा नयाँ विश्वकीर्तिमान कायम

क्रिस्टियानो रोनाल्डोः पोर्चुगलका लागि गरे १११ गोल, फुटबलमा नयाँ विश्वकीर्तिमान कायम

विश्वकप फुटबलको छनोट चरणको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उनले दुई गोल गर्दै आफ्नो गोल सङ्ख्या १११ पुर्‍याएका छन्। उक्त खेलमा पोर्चुगल २-१ ले नाटकीय रूपमा विजयी भयो। सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गर्न तथा लगत्तै विस्तार गर्दा ३६ वर्षीय रोनाल्डोले खेलको अन्तिमतिर टाउकोबाट बल प्रहार गरेर दुई गोल गरेका थिए। त्यसअघि उनले प्रहार गरेको पेनाल्टी आयरिश गोलरक्षक ग्याभिन बाजुनूले विफल पारिदिएका थिए। इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता थिए। रोनाल्डोले यूरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गरेर उक्त कीर्तिमानसँग बराबरी गरेका थिए। म्यान्चेस्टर यूनाइटेडबाट क्लब फुटबल खेल्ने रोनाल्डो राष्ट्रिय टोलीका…
Read More
टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

आयोजक जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो। टाई ब्रेकरमा न्युजिल्यान्डका लिबर्टो काकासेको प्रहार जापानका गोलकिपर तानी कोसेईले बचाइदिएका थिए भने क्लेटन लेविसको प्रहार बाहिरिएको थियो। जापानले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
Read More
रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियो

रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियो

रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियोक्रिस्टियानो रोनाल्डो पोर्तुगलका एक स्टार फुटबलर हो। क्यागिलारीको बिरूद्ध आइतबार दिउँसो खेलेको खेलमा उनले ह्याट्रिक गरेर आफ्नो समग्र गोल ७७० बनाएर समग्र गोल सर्न्दर्भमा महान ब्राजिलियन खेलाडी पेलेलाई पछाडि छोडिदिएको छ । दुनिया को लेडिङ गोल स्कोरर भएको खुसी जतावदै क्रिस्टियानो रोनाल्डोले सोशल मीडिया प्लेटफार्म इंस्टाग्राम मा पोस्ट गरे।यस रेकर्ड पछि, रोनाल्डोले दुनियभरको अरु खिलाड़ी हरु झै स्नेह सहित भने कि पेले भन्दा ठूलो कुनै खेलाडी छैन। उनले सबै जाना जसले उनलाई आफ्नो कैरियरको गोल गर्नमा सहयोग पुराएका थिए उनीहरुलाई पनि धन्यबाद दिए ।उही समयमा पेलेले रोनाल्डोलाई सोशल मिडियामा बधाई पनि…
Read More
महिला फुटबल: ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’

महिला फुटबल: ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’

अखिल नेपाल फुटबल सङ्घ एन्फाले महिला र पुरुष राष्ट्रिय खेलाडीहरूको मासिक तलब बराबर बनाएको छ। यस निर्णयले एउटा खुड्किलो पार गरेको मान्ने खेलाडीहरू अब खेल र प्रतियोगितामा पनि बराबरी भए देशका लागि राम्रो खेल्न सक्ने बताउँछन्। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
Read More
फुटबल गडको प्रयाण

फुटबल गडको प्रयाण

तेजिला, दुर्नाम, असाधारण, प्रतिभाशाली, उद्दण्ड। म्याराडोना अर्थात् दोषयुक्त फुटबलका प्रतिरूप।प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे। उनी अनेकौँ विवादमा परे।लागुपदार्थ दुर्व्यसनमा परे र मैदानबाहिर निजी सङ्कटको दलदलमा पनि फसे। उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए। छानो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन्।
Read More