24
Nov
नाथु ला–छाङ्गु लेकमा जाने परमिट अब अनलाइन उपलब्ध हुनेछ। सिक्किम प्रशासनले यस्तै निर्णय गरेको छ। चाँड़ै नै यो प्रणाली कार्यान्वयन हुने बताइएको छ। म्यानुअल परमिट बन्द भएसितै एकातिर जाली कार्य गर्ने समूहलाई रोक्न सकिनेछ भने अर्कातिर पर्यटकहरूलाई पनि धेरै सहज हुने अनुमान गरिएको छ। अहिलेसम्म पूर्व र उत्तर सिक्किमका विभिन्न पर्यटन क्षेत्र घुम्न जान राज्य पर्यटन विभागबाट हस्तलिखित परमिट ल्याउनु पर्थ्यो। अबदेखि भने परमिट अनलाइन जारी गरिनेछ। यसले पर्यटकले सहज अनि शीघ्र परमिट पाउनेछन् भने परमिटको उचित रिपोर्ट पनि रहनेछ। सिक्किम राज्य पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सी. एस. रावअनुसार यो प्रणाली छिट्टै नै कार्यान्वयन गरिनेछ। यसपछि प्रतिबन्धित क्षेत्र र…
