07
Nov
मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को वातावरणमा फेरि एकै दिन दुईजनाको मृत्युको आरोप उठेको छ। एउटा घटना उत्तर बङ्गालको जलपाइगढ़ीको धूपगुड़ीमा भएको हो भने अर्को मुर्शिदाबादको बहरमपुरमा भएको हो। धूपगुड़ीमा बूथ लेभल अफिसर (बीएलओ) घरमा फारम दिन गएको केही क्षणमै हृदयाघातका कारण एक वृद्धको मृत्यु भयो। अर्कातिर एसआईआर घोषणा भएपछि 4 देखि 6 नोभेम्बरसम्म मुर्शिदाबाद जिल्लामा चारजनाको असामान्य मृत्यु भएको खबर छ।धूपगुड़ीमा मृत्यु भएको वृद्धको नाम लालुराम बर्मन (71) हो। तिनी बारोघरिया 1 ग्राम पञ्चायतको दक्षिण डाङ्गापाड़ा क्षेत्रका वासिन्दा थिए। परिवारअनुसार सन् 2002 को मतदाता सूचीमा लालुराम बर्मनको नाम नरहेको कारण केही दिनदेखि तिनी तनाउमा थिए। बिहीवार बेलुकी बीएलओ…
