West Bengal

मन्त्री शशी पञ्जाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सम्मान समारोह र “रोजगार मेला” को उद्घाटन गर्नुभयो

मन्त्री शशी पञ्जाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सम्मान समारोह र “रोजगार मेला” को उद्घाटन गर्नुभयो

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा, राज्य महिला तथा बाल कल्याण विभागले आज एक विशेष कार्यक्रम र "रोजगार मेला" आयोजना गर्‍यो। राज्यमन्त्री शशी पञ्जाले औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रममा ३० भन्दा बढी शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई विशेष पुरस्कारले सम्मानित गरियो। रोजगार मेलाका स्टलहरूमा यी व्यक्तिहरूले बजारीकरणका लागि बनाएका विभिन्न उत्पादनहरू प्रदर्शन गरिएका थिए। कार्यक्रममा युनिसेफका प्रतिनिधिहरू पनि उपस्थित थिए। आफ्नो सम्बोधनमा, मन्त्री शशी पञ्जाले विपन्न र शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई समाजको मुख्यधारामा फिर्ता ल्याउन राज्य सरकारले वर्षौंदेखि गरेको कामको बारेमा विस्तृत जानकारी साझा गर्नुभयो।
Read More
कालेबुङलाई बाल विवाहमुक्त बनाउने सोसाइटीको संकल्प

कालेबुङलाई बाल विवाहमुक्त बनाउने सोसाइटीको संकल्प

सोसाइटी फर पीपल्स अवेयरनेस सोसाइटी नामक गैर सरकारी संस्थाले सबै सरोकारवाला निकायसित हातेमालो गर्दै कालेबुङलाई एक वर्षभित्र बाल विवाहमुक्त बनाउने संकल्प लिएको संस्थाका निदेशक तथा सम्पादक प्रवीर बासुले बताएका छन्। बाल विवाहमुक्त भारत अभियानको एक वर्ष पूरा भएको अवसरमा आरम्भ गरिएको 100 दिने तीव्र जनचेतना अभियानले विद्यालय, शैक्षिक संस्था, विवाह हुने धार्मिक स्थलहरू, विवाह सम्बन्धी सेवा प्रदायक, पञ्चायत तथा नगरपालिकाहरूलाई लक्षित गर्दै रणनीतिक कार्ययोजना लागू गरिएको छ। जस्ट राइट्स फर चिल्ड्रेनसित साझेदारीमा एसपीएएन संस्था बाल विवाहको अन्त्यका लागि देशभरिका 451 जिल्लामा सक्रिय अनि 250 भन्दा अधिक संस्थाहरूको ठूलो नेटवर्क हो। यो नेटवर्क गत एक वर्ष एक लाखभन्दा अधिक बाल विवाह…
Read More
मुर्शिदाबादमा हृदयघातको कारण बीएलओको मृत्यु

मुर्शिदाबादमा हृदयघातको कारण बीएलओको मृत्यु

फेरि मुर्शिदाबादमा हृदयघातको कारण एक बीएलओको मृत्यु भएको छ। बिहीवार राति मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआरR) को कार्य गर्ने क्रममा जाकिर होसेन नामक बीएलओ अचानक अस्वस्थ बनेर ढले। तुरुन्तै अस्पताल लगिए पनि तिनलाई बचाउन सकिएन। हृदयघातको कारण तिनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अत्यधिक कामको दबाउकै कारण तिनको ज्यान गएको जाकिरको परिवारको दाबी छ।मुर्शिदाबादको खडग्रामका वासिन्दा जाकिर कान्दी विधानसभा क्षेत्रको दिघा क्षेत्रमा रहेको 14 नं. बूथका बीएलओ थिए। पेशाले प्राथमिक विद्यालयका शिक्षक जाकिरको परिवारअनुसार, तोकिएको समयमा सबै एनुमरेशन फारम बुझाउन सकिन्छ कि सकिँदैन भन्ने तनाउमा थिए तिनी। रातभरि जागो रहेर फारम अपलोड गर्ने काम गर्थे। लगभग प्रत्येक दिन…
Read More
बाघपुलको वैकल्पिक पुल निर्माण हुने

बाघपुलको वैकल्पिक पुल निर्माण हुने

कोरोनेशन ब्रिज अर्थात बाघपुलको वैकल्पिक पुल निर्माणको टेण्डर आगामी दिसम्बर महीनाभित्र गरिने जानकारी प्राप्त भएको छ। दार्जीलिङ सांसद राजु विष्टले बिहीवार विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएका हुन्। विज्ञप्तिमा राजु विष्टले लेखेका छन्, केन्द्र सरकारले नयाँ पुल र पहुँच सड़क निर्माणका लागि 1190 करोड़ रुपियाँ आवण्टन गरे भए पनि क्षेत्राधिकारका मुद्दाहरूले धेरै ढिलो भएको थियो। विशेष खण्ड पश्चिम बङ्गालको पीडब्ल्यूडी-एनएच डिभिजन अन्तर्गत थियो। तर अब यो आधिकारिक रूपमा भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) लाई हस्तान्तरण गरिएको छ।तिनले अझ लेखेका छन्, मैले एनएचएआईका अधिकारीहरूसित बैठक गरेपछि बाघपुलको भ्रमण गरेँ। वैकल्पिक पुल र पहुँच सड़क, सिलगढ़ी रिङ्ग रोड अनि सिलगढ़ीलाई गोरखपुर जोड्ने…
Read More
एनबीएसटीसीलाई नयाँ 67 सीएनजी बस

एनबीएसटीसीलाई नयाँ 67 सीएनजी बस

उत्तर बङ्गाल राज्य परिवहन निगमलाई अन्ततः केही राहत पुग्ने सङ्केत देखिएको छ। उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) लाई शीघ्रै नयाँ 67 सीएनजी बस प्राप्त हुन लागेको छ। उत्तर बङ्गालका विभिन्न रूटमा यी बसहरू सञ्चालन हुनेछन्। आशाजनक कुरो के छ भने यीमध्ये सिलगढ़ीदेखि दार्जीलिङ पहाड़ी मार्गमा आवागमनका लागि विशेष 18 वटा बस उपलब्ध गराइँदैछ। आगामी तीनदेखि चार महीनाभित्र यी बसहरू सड़कमा उतार्न सकिने निगमले आशा व्यक्त गरेको छ। एनबीएसटीसीका म्यानेजिङ डाइरेक्टर दीपङ्कर पिपलाईले भने, राज्यको वित्त विभागको स्वीकृति आइसकेको छ। प्रशासनिक स्वीकृति मिल्ने बित्तिकै बस निर्माणको आदेश दिइनेछ। यसले केही भए पनि बसको अभाव पूरा गर्न सहयोग हुनेछ।निगम सूत्रअनुसार 67…
Read More
सन्दकफूमा पर्यटकको मृत्यु

सन्दकफूमा पर्यटकको मृत्यु

सन्दकफू घुम्न जाने क्रममा जादवपुरकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत महिलाको नाम अनिन्दिता गङ्गोपाध्याय (72) हो। तिनी परिवारसित पहाड़ घुम्न गएकी थिइन्। त्यहाँ अचानक तिनको स्वास्थ्य बिग्रियो। हतार–हतार तिनलाई सुखेपोखरी अस्पताल लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे।अनिन्दिता गङ्गोपाध्यायले विवाह गरेकी थिइनन्। तिनी दिदीको परिवारसित विभिन्न स्थानमा घुम्न जाने गर्थिन्। यसपालि पनि दिदीको परिवारसितै तिनी पहाड़ आएकी थिइन्। 21 नोभेम्बरमा तिनीहरू दार्जीलिङ पुगेका थिए। दार्जीलिङ शहरमा घुमफिर गरेपछि दुई दिन लेप्चा जगतमा बिताएपछि शनिवार तुम्लिङ पुगे।तुम्लिङबाट आइतवार सन्दकफू पुगे। सोमवार बिहानदेखि नै तिनको स्वास्थ्य बिग्रन थालेको थियो। त्यसपछि तिनलाई सुखेपोखरी ब्लक अस्पताल लगियो। त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषणा…
Read More
महाकाल मन्दिर : जमीनका लागि मन्त्री परिषदको स्वीकृति

महाकाल मन्दिर : जमीनका लागि मन्त्री परिषदको स्वीकृति

मुख्यमन्त्री ममता ब्यानर्जीको घोषणाअनुसार उत्तर बङ्गालमा महाकाल मन्दिरका लागि जमीन हस्तान्तरण गर्न मन्त्री परिषदले हरियो झण्डी देखाएको छ। सोमवार बसेको राज्य मन्त्री परिषदको बैठकमा निर्णय गरिएअनुसार यो मन्दिर सिलगढ़ीको मतिगढ़ामा निर्माण गरिनेछ। यसका लागि उजानु मौजामा लगभग 25 ऐकर र गौड़चरन मौजामा लगभग 4 ऐकर जमीन सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीलाई उपलब्ध गराइनेछ। यससितै शहर र गाउँ क्षेत्रमा थप सड़क निर्माण परियोजनाहरूलाई पनि अनुमोदन दिइएको छ। बाङ्गलार बाड़ी परियोजनाका लागि पनि थप बजेट विनियोजन गरिँदैछ।मन्त्री परिषदको बैठकपछि पत्रकार सम्मेलन गर्दै राज्यकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले भनिन्, मतिगढ़ाको लक्ष्मी टाउनशिपस्थित 25.15 ऐकर जमीन लिज होल्डरको हातबाट सरकारको स्वामीत्वमा आउनेछ। त्यसमध्ये 17.41 ऐकर जमीन भूमि…
Read More
समय सीमा अगावै एसआईआरको कार्य समाप्त

समय सीमा अगावै एसआईआरको कार्य समाप्त

हात्ती–चितुवा जस्ता जङ्गली जनावरहरूको लगभग दैनिक आवातजावात छ। साँझ पर्ने बित्तिकै जङ्गली जनावरको डरले विशेष आवश्यकताबाहेक स्थानीय मानिसहरू घरबाहिर निस्कँदैनन्। यस्तो जोखिमपूर्ण बूथमा तोकिएको समयभन्दा पहिल्यै मतदाता सूचीको विशेष गहन संशोधनको काम पूरा गरेकी छन् बीएलओ ममीना बेगमले। दिनमा मात्र होइन जोखिम लिएर राति पनि जङ्गल पार गरेर तिनले एसआईआरको कार्य समाप्त गरेकी छिन्।जलपाइगढ़ीको सालबारी 1 नम्बर ग्राम पञ्चायतअन्तर्गत चानाडीपार 15/44 नम्बर बूथको बीएलओको जिम्मा ममीनालाई दिइएको थियो। यस बूथमा मोठ 1419 जना मतदाताहरू छन्। जङ्गलले घेरिएको यस क्षेत्रमा घर घरै पुगेर एसआईआरका फारम वितरण तथा सङ्कलन गर्नु अत्यन्त कठिन काम थियो। जङ्गली जनावरको डरलाई बेवास्ता गर्दै तिनी साँझपछि पनि…
Read More
हावडाको बाली निमतला निबेदिता सेतु मुनि भीषण आगलागी, चार पसल जलेर खरानी भए

हावडाको बाली निमतला निबेदिता सेतु मुनि भीषण आगलागी, चार पसल जलेर खरानी भए

बिहान सबेरै बाली निमतला निबेदिता सेतु मुनि भीषण आगलागी भयो। आगो यति तीव्र थियो कि केही मिनेटमै चार पसल पूर्ण रूपमा जलेर नष्ट भए। आगलागीको कारण अझै स्पष्ट छैन। चारवटा दमकलले लगभग दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भए। पुलको छेउमा बस्ती भएको कारण मानिसहरूमा व्यापक आतंक फैलियो। पसलहरू भित्र भण्डारण गरिएका ग्यास सिलिन्डरहरू विस्फोट भए, जसले गर्दा आगो अझ फैलियो। यद्यपि, कुनै हताहत भएको खबर छैन। आगोलागीको समयमा, निबेदिता सेतुमा सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको थियो। दिल्ली रोड र बम्बई रोड जाने पहुँच सडक मुनि आगो लागेको थियो। एउटा रोल पसल, एउटा चिया पसल र धेरै अन्य…
Read More
फेरि पहाड़मा स्टिम इञ्जिन चल्ने

फेरि पहाड़मा स्टिम इञ्जिन चल्ने

पहाड़ी बाटोमा धुवाँ उड़ाउँदै गुड्ने स्टीम इञ्जिनको दृश्य दार्जीलिङ घुम्न आउने पर्यटकहरूलाई सधैँ नै नोस्टाल्जिक बन्छ। केही अघिसम्म दार्जीलिङको सड़कमा यस्तै एउटा स्टीम इञ्जिन चल्थ्यो। तर उमेरका कारण सय वर्षभन्दा पुरानो 799बी लोकोमोटिभ इञ्जिनलाई अन्त्यमा बन्द गरियो। झण्डै 30 वर्षसम्म उक्त इञ्जिनलाई नयाँ दिल्लीको नेशनल रेलवे म्युजियममा सुरक्षित राखिएको थियो। अब उक्त इञ्जिनलाई एक प्रकारले अवकाशबाट फर्काउँदै फेरि पहिलेकै स्थानमा ल्याइएको छ। रेलवे सूत्रअनुसार 125 वर्ष पुरानो बाफले चल्ने यस लोकोमोटिभ इञ्जिनलाई पुनः यात्रीवाहक टोय ट्रेनमा प्रयोग गरिनेछ। यही उद्देश्यका लागि शुक्रवार नयाँ दिल्लीबाट इञ्जिनलाई खरसाङ ल्याइयो।दार्जीलिङ–हिमालयन रेलवे (डीएचआर) सूत्रअनुसार आपातकालीन रूपमा युनेस्को हेरिटेज मान्यता प्राप्त तीनधारे वर्कसपमा इञ्जिनको मरम्मती…
Read More