02
Jan
नयाँ वर्षको आरम्भसितै उत्तर बङ्गालका चियाबारीमा खुशीको खबर आएको छ। बाँकी तलब र बोनस नपाएको कारण लगभग साढ़े दुई वर्षदेखि बन्द रहेको अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकअन्तर्गत दलसिंहपाड़ा चियाबारी अन्ततः खोलिएको छ। चियाबारीका मालिक पक्ष र श्रमिक युनियनका नेताबीच बैठक भएपछि चियाबारी पुनः सञ्चालनमा आएको हो। शुक्रवार बिहानदेखि श्रमिकहरू चियाबारीमा पुगेर कार्य आरम्भ गरे।समस्याको सुरुआत सन् 2023 मा भएको थियो। पूजाअघि बोनस दिने विषयबारे कर्मचारीहरू र चियाबारीका मालिक पक्षबीच विवाद चर्किएको थियो। त्यहाँदेखि यता दलसिंहपाड़ा चियाबारी बन्द नै रहेको थियो। अन्ततः श्रमिक सङ्गठनका नेताहरूसित बैठक भएपछि कर्मचारीहरूले पुनः चियाबारीमा कार्य आरम्भ गरेका हुन्।यसबारे जानकारी दिँदै होलीअघि नै कर्मचारीहरूको बाँकी रकम भुक्तान…
