08
Jan
सड़कमा एक युवक–युवतीलाई आपत्तिजनक अवस्थामा देखेर विरोध गर्दा सिलगढ़ीको बतासी क्षेत्रका एक व्यवसायी र तिनका छोरा कुटपिटमा परेर घाइते भएका छन्। घटनासित सम्बन्धित बुढ़ागञ्जको चरनाजोतका पाँचजनालाई पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू मोहम्मद हासिमुद्दीन शेख, हासीबुल शेख, हसिना बिबी, रिना खातुन र मेनका खातुन हुन्।पाँचजनालाई पक्राउ गरिएसितै पुलिसले एउटा गाड़ी पनि जफत गरेको छ। पक्राउ परेकाहरूलाई बुधवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको थियो। सिलगढ़ी महकुमा पुलिस अधिकारी सौमजित रायले भने, हुलदङ्गा गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको हो। बतासी रेल स्टेशननजिक गोपाल सरकारको हार्डवेयर पसल छ। मङ्गलवार साँझ पनि तिनी हिँड्न निस्किएका थिए। आरोपअनुसार त्यसै समयमा स्टेशन परिसरमा एक युवक–युवतीको…
