07
Aug
चोरीको काठ तस्करी हुनअघि नै सालुगढ़ा वनविभाग रेञ्जको सक्रियतामा चोरीको काठ जफत गर्न सम्भव भयो । यस घटनामा दुईजना पक्रा परेको छ । काठ तस्करहरूले एउटा पिकअप भेनमा धानको भुसको बोरा भरेको थियो र त्यहीं बोरामुनि साल काठ लुकाएर तस्करी गर्ने फेरोमा थिए । तर विशेष सूत्रको आधारमा बिहीबार राति बेलाकोबाको मानतादारी नजीक वनकर्मीहरूले अभियान चलाएर सालुगढ़ा एमपीपी-१ रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा एकाधिक साल काठ जफत गर्न सफल बनेको छ । उल्लेखनीय छ, गत मङ्गलवार राति पनि सालुगढ़ा वनविभाग रेञ्जले काठ तस्करी विरुद्ध चलाएको अभियानमा सैगुन काठसहित सात जनालाई पक्राउ गरेका थिए । पक्रा पर्ने हरूमा एकजना शुल्क विभागका…
