02
Dec
सिलगढी देशबन्धु पाराको आर्केस्ट्रा टोली गत नोभेम्बर २९ मा माथाभाङ्गा कलेजमा एक कार्यक्रममा सहभागी हुन आएको थियो।कलेजको कार्यक्रम सकिएर फर्कने क्रममा उनीहरु एक होटलमा खाना खान पुगेका थिए। उनलाई होटलमा केही असमाजिक तत्वले आक्रमण गरेको बताइएको छ। टोलीमा रहेका गायक राजा धर, संगीतकार सुभ्रदीप मुखर्जी र सौरभ दास (बाबुजी) लाई कुटपिट गरिएको थियो। यति मात्र होइन संगीत कलाकार सौरभ दासलाई पनि अपहरणको प्रयास गरिएको थियो। शुक्रबार सिलगढीमा पत्रकार सम्मेलनमा सो जानकारी दिँदै सौरभ दासले विगतमा उक्त कार्यक्रमका लागि उक्त कलेजलाई ८० हजार रुपैयाँ बक्यौता रहेको बताए। बक्यौता रकमको माग गर्दै सत्तारुढ दलका समर्थकले उनीमाथि आक्रमण गरेको हुनसक्छ। उनका सबै बाजा…
