09
Oct
सोमवार नगरकट्टाको बामनडाङ्गामा बाढ़ीको स्थिति निरीक्षणका क्रममा मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू अनि सिलगढ़ीका विधायक शङ्कर घोषमाथि आक्रमण भएको थियो। उक्त घटनामा नगरकट्टा थाना पुलिसले थप दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको नाम शहानुर आलम अनि तोफायेल हुसैन हो। बिहीवार बिहान सुल्कापाड़ाको खयेरबारीबाट तिनीहरूलाई पक्राउ गरिएको हो। यससितै उक्त आक्रमण प्रकरणमा हालसम्म चारजना पक्राउ परेका छन्। बुधवार दुईजनालाई पक्राउ गरिएको थियो। बाँकी आरोपीहरूको खोजी कार्य जारी छ।बामनडाङ्गामा बाढ़ीको अवस्था निरीक्षणका क्रममा खगेन मुर्मू अनि शङ्कर घोष प्रदर्शनकारीहरूको घेरामा परेका थिए। लाट्ठी, जुत्ता बोकेर धेरै मानिसहरू तिनीहरूमाथि आक्रमण गर्न पुगेका थिए। नदीको ढुङ्गाले भाजपा नेताहरू सवार गाड़ीमा प्रहार गरिएको…
