28
Oct
गत आइतवार अबेर राति दार्जीलिङ मोड़मा भएको भीषण आगलागीले सम्पूर्ण क्षेत्रमा त्रासको माहौल फैलिएको थियो। केही क्षणमै आगो चारवटा फर्निचर पसलहरूमा फैलियो जसका कारण करोड़ौँ रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।खबर पाएपछि दमकलका पाँचवटा इञ्जिन तत्काल घटनास्थलमा पुगे। लगातार केही घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भए पनि पसलका सम्पूर्ण सामग्रीहरू पहिले नै जलेर खरानी बनेका थिए। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट सर्किटकै कारण आगलागी भएको मानिएको छ।मङ्गलवार सिलगढ़ीका मेयर गौतम देव घटनास्थल निरीक्षण गर्न पुगे। तिनीसित 1 नम्बर बरोका चेयरम्यान, 1 नम्बर वार्डका काउन्सिलर अनि अन्य अधिकारीहरू पनि उपस्थित थिए। मेयरले आगलागीबाट प्रभावित व्यापारीहरूसित कुराकानी गर्दै तिनीहरूको साथमा रहने…
