16
Aug
कालिम्पोङमा सम्पन्न इन्डिपेन्डेन्ट एमटिबी साइक्लिङ रेसमा महिला र पुरुषतर्फको दुवै उपाधि नेपालीले जितेका छन् । पुरुषतर्फ नेपालका सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल र महिलातर्फ नेपालकै अनिता राईले जितेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा कालिम्पोङ डिस्टक साइक्लिङ एसोसीएसनको आयोजना र कालिम्पोङ पुलिस डिपार्टमेन्टको सहयोगमा आइतबार सम्पन्न साइक्लिङ रेसमा महिला र पुरषको दुवै उपाधि पहिलो पटक नेपालीले जितेका हुन् । मल्लले ३८ किलोमिटरको दुरी २ घण्टा ५ मिनेटमा पार गर्दै जिते भने अनिताले १६ किलोमिटरको दुरी १ घण्टा १६ मिनेटमा पार गरिन् । चित्रेदेखि छ माइल, चिब्बो, चालिसे, मंगलधारा, कालिम्पोङ बजार हुँदै १२ माइल, १५ माइल भएर डेलोपार्कमा टुंगिएको साइकल रेसमा पुरुषतर्फ ५० जनाले सहभागिता…
