ऐतिहासिक काँस्य पदक

भारतको पुरुष हकी टोलीले जर्मनीलाई पराजित गरेर टोक्यो ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेको छ सन् १९८० पछि पहिलो ओलम्पिक पदक जितेर भारत हकी टोलीले इतिहास रच्यो । सिमरनजीत सिंहको दुई गोलको सहायताले दुईपल्ट पछाड़िएर पनि असाधारण पुनरागमन गर्दै बिहीवार चरम रोमाञ्चक काँस्य पदकको प्ले अव् म्याचमा जर्मनीलाई ५-४ को बढ़तले पराजित गरेर भारतले ओलम्पिकमा ४१ सालपछि काँस्य पदक जित्यो ।

आठपल्टको ओलम्पिक च्याम्पियन अनि विश्वको तेस्रो नम्बरको भारतीय टोली एक समय म्याचमा १३ ले पछि रहेको थियो । तर चरम दबाउमा पनि केवल आठ मिनटमा चार गोल गरेर भारतीय टोलीले यो विजय प्राप्त गयो । भारत टोलीका सिमरनजीत सिंहले १७ औँ र ३४ औं मिनटमा दुई गोल गरे । यसबाहेक हार्दिक सिंह (२७ औं मिनट), हरमनप्रीत सिंह (२९ औं मिनट) र रुपिन्दर पाल सिंह (३१औं मिनट) ले एक-एक गोल गरे । उता विश्वको चौथो नम्बरको टोली जर्मनीको तर्फबाट तिमूर ओरुज (दोस्रो मिनट), निकालस वेलेन (२४औं मिनट), बेनेडिक्ट फुर्क (२५औं मिनट) र लुकास विण्डफेडर (४८औं मिनट) ले गोल गरे ।

आठपल्ट ओलम्पिक च्याम्पियन रहेको भारतले यसअघि अन्तिमपल्ट १९८० को मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो अनि त्यही हकीमा भारतको अन्तिम पदक थियो। तर यसपालि मनप्रीत सिंहको कप्तानी र ग्राहम रीडको प्रशिक्षणमा टोलीले यादगार विजयको साथ काँस्य पदक जितेर गत ४१ वर्षको खड़ेरीलाई समाप्त गन्यो । समग्रमा भारतको यो हकीमा १२ औं पदक हो ।

भारतले आज काँस्य पदकको म्याचमा आफ्नो टोलीमा कुनै फेरबदल गरेन । म्याचको आरम्भमा असल खेल प्रदर्शन गर्दै जर्मनीले दोस्रो मिनटमै बढ़त हासिल गर्यो, जुन पहिलो क्वार्टरसम्म कायम रह्यो । दोस्रो क्वार्टरको आरम्भमा भारतको प्रदर्शन असल रह्यो अनि सिमरनजीतले|

Leave a Reply

Your email address will not be published. Required fields are marked *