23
Oct
आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर-१२ का खेलहरु हुँदैछन्। समूह चरणका चार टोलीको निश्चित भएसँगै सुपर-१२ का खेल हुन लागेका हुन्। पहिलो खेल अष्ट्रेलिया र साउथ अफ्रिकाबीच हुँदैछ। खेल आबुधाबीमा हुनेछ। नेपाली समय अनुसार ३ः४५ बजे खेल सुरु हुनेछ। यस्तै, शनिबार राति इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ। आइतबार राति बहुप्रतीक्षित भारत–पाकिस्तानको खेल हुनेछ। समूह चरणको खेलबाट श्रीलंका, नामिबिया, स्कटल्याण्ड र बंगलादेशले स्थान बनाएपछि वर्ल्डकप खेल्ने १२ टिमको टुंगो लागेको हो। आयरल्याण्ड, ओमान, नेदरल्याण्डस् र पपुवा न्यू गिनीले भने सुपर १२ मा स्थान बनाउन सकेनन्। प्रतियोगितामा सुपर १२ मा स्थान बनाएका चार टोलीबाहेक अष्ट्रेलिया, साउथ अफ्रिका, इंग्ल्याण्ड, वेस्ट…