20
Nov
पाकिस्तानले बंगलादेशसँगको तीन टि२० आई खेलको सिरिज खेल अगावै २–० ले जितेको छ । दोस्रो खेलमा शनिबार पाकिस्तानले बंगलादेशलाई ८ विकेटले हराउँदै सिरिज एक खेल अगावै पक्का गरेको हो । जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा फखार जमान ५१ बलम २ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनमा अविजित रहे । मोहम्मद रिजवान ४५ बलमा ४ चौकासहित ३९ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि जमान र रिजवानले ८५ रनको साझेदारी गर्दै सहज जित दिलाए । तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले ओपनर तथा कप्तान…
