T20 विश्वकप सेमिफाइनल, PAK vs AUS

पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनका साथ पाकिस्तानले अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेपनि बलिङ अपेक्षा अनुसार चल्न नसक्दा पराजित हुन पुगेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । फखार जमान ३२ बलमा ३ चौका र ४ छक्का सहित ५५ रनमा अविजित रहे । पाकिस्तानका ओपनर बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा विकेटकिपर म्याथ्यु वेड १७ बलमा २ चौका र ४ छक्का सहित ४१ रनमा अविजित रहे । मार्कस स्टोइनिस ३१ बलमा २ चौका र २ छक्का सहित ४० रनमा अविजित रहे । अष्ट्रेलियालाई अन्तिम १२ बलमा २२ रन आवश्यक परेको थियो । १९ औं ओभरमा शाहिन शाह अफ्रिदीलाई म्याथ्यु वेडले अन्तिम तीन बलमा लगातार छक्का प्रहार गर्दै खेल जिताएका थिए । अन्तिम ४ ओभरमा कमजोर बलिङका साथ पाकिस्तान पराजित हुन पुगेको थियो । समूह चरणमा भारत र न्युजिल्यान्डलाई हराउँदै विजेताको रुपमा सेमिफाइनल खेलेको थियो । यूएईमा पाकिस्तान लगातार १६ खेलमा अपराजित थियो । तर अष्ट्रेलियासँग पराजित हुँदै दोस्रो पटक उपाधि जित्ने सपना पूरा गर्न सकेन । समग्रमा पाकिस्तानले अष्ट्रेलियासँग हार्नुका ५ कारण यस प्रकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *