16
Jan
विराट कोहलीले सोशल मीडियामा एउटा पोस्ट शेयर गरी टेस्ट टोलीको कप्तानी छोड्ने घोषणा गरे । दक्षिण अफ्रिका विरुद्ध शुक्रवार सम्पन्न तीनवटा टेस्ट म्याचको शृङ्खलामा २-१ ले पराजयको सम्मुखीन भएपछि कोहलीले यस्तो फसेला गरे। उनले सोशल मीडियामा भावुक सन्देशको माध्यमले टेस्ट टोलीको कप्तानी छोड़ने घोषणा गरेका छन् । यसअघि कोहलीले गत वर्ष भएको टी२० विश्व कपपछि खेलको सबैभन्दा छोटो प्रारूपबाट कप्तानी छोडेका थिए । त्यसको लगत्तै पछि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) – ले कोहलीलाई एकदिने टोलीको कप्तानीबाट हटाएर रोहित शर्मालाई कप्तान नियुक्त गरेको थियो। त्यसपछि उनी टेस्ट टोलीका मात्र कप्तान रहेका थिए। कोहलीले लेखेका छन्, मैले सात सालको मेहनत र…
