13
Jun
डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको हो । युरोकपको समूह बी अन्तर्गत फिनल्याण्ड विरुद्धको खेलमा डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै ढलेका थिए । खेलको ४३औं मिनेटमा बललाई हेड गर्न खोज्दा लडेर मैदानमै बेहोस भएपछि चिकित्सकको टोलीले मैदानमै उनलाई सिपीआर दिइएको थियो । हृदयघात भएको अनुमानमा चिकित्सकको टोलीले उपचार गर्दै अस्पताल पुर्याएका थिए । मैदानमै होस गुमाएपछि खेल स्थगित गरिएको थियो । तर अस्पताल पुर्याएर थप उपचारपछि उनको होस खुले लगत्तै खेल पुन सञ्चालन गरिएको थियो । आफ्नै घरेलु मैदानमा आफ्नो कप्तान गम्भीर…
