Sports

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा

अखिल नेपाल फुटबल संघ(एन्फा)ले बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोलीकाे घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले बन्द प्रशिक्षणका लागि ३२ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो ।एन्फाका अनुसार बन्द प्रशिक्षण एक महिनापछि मई १७ देखि सुरु हुनेछ । गोलरक्षकमा चार जना, डिफेन्समा नौ जना, मीडफिल्डमा १५ जना तथा फरवार्डमा चार जना खेलाडी अटाएका छन् ।बन्द प्रशिक्षणमा गोलरक्षकको रुपमा कप्तान समेत रहनुभएका किरणकुमार लिम्बू, बिकेश कुथु, दीप कार्की र विशाल सुनार छनोट भएका छन् । रक्षात्मक पंक्तिमा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ र विकास खवास छन् ।त्यसैगरी, मिडफिल्डमा…
Read More
लिभरपुल विरुद्धको खेल अगाडि सर्जियो रामोस कोरोनाबाट सङ्क्रमित

लिभरपुल विरुद्धको खेल अगाडि सर्जियो रामोस कोरोनाबाट सङ्क्रमित

रियल मड्रिडका कप्तान सर्जियो रामोस कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । रियल मड्रिडले च्याम्पियन्स लिगको सेकेण्ड लेगमा लिभरपुलको सामना गर्न तयार रहेको अवस्थामा कप्तान रामोस सङ्क्रमित भएर क्वारेन्टिनमा बस्नुपरेको हो ।क्लबले कोरोनाभाइरसको नियमित परीक्षण गर्दा रामोसमा सङ्क्रमणको पुष्टि भएको हो । सङ्क्रमित भएपछि उहाँ दश दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।रियलका कप्तान सर्जियोले गत साता सम्पन्न पहिलो लेगमा समेत अनुपस्थित हुनुपरेको थियो । घाइते भएपछि उहाँ पहिलो लेग खेल्न पाउनुभएन । यद्यपि रियलले उहाँको अनुपस्थितिमै ३–१ को जित हात पारेको थियो ।
Read More
विदेश भ्रमणमा ३० जना खोलडी लग्न पाउने आईसीसीको निर्णय

विदेश भ्रमणमा ३० जना खोलडी लग्न पाउने आईसीसीको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै टोलीले ३० जना खेलाडीसम्म लग्न पाउने ब्यवस्था गरेको छ । कोभिड १९ को महामारीले खेलाडी र कर्मचारी सङ्क्रमित भएपछि टोली ब्यवस्थापनलाई प्रतियोगितामा खेलाडीको ब्यवस्थापनलाई लिएर चुनौती थपिएको थियो । खेलाडी घाइते हुन पुग्दा वा सङ्क्रमित हुँदा कोभिड १९ को मापदण्डले अतिरिक्त खेलाडीको यात्रामा समस्या हुँदै आएको थियो ।आईसीसीको सञ्चालक समितिले सन् २०२१ को टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितादेखि उक्त निर्णय लागू हुने जनाएको छ । गत् वर्ष आईसीसीले १५ जना खेलाडी र आठ जना कर्मचारी गरी एक टोलीले २३ जना खेलाडी लग्न पाउने ब्यवस्था परिमार्जन गरेको थियो । टोलीले विदेश भ्रमण गर्दा अन्तिम एघारमा…
Read More
मिनी रंगशाला निर्माण अलपत्र

मिनी रंगशाला निर्माण अलपत्र

सदरमुकाम बेनीको म्याग्दी र कालीगण्डकी नदी दोभानमा बन्दै गरेको मिनी रंगशालाको काम एक वर्षदेखि अलपत्र छ । बेनी खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने काम बजेट अभावले रोकिएको हो । चालु वर्ष संघ, प्रदेश र स्थानीय बेनी नगरपालिका कतैबाट पनि बजेट विनियोजन भएन । ९ करोड बढी लागत अनुमान गरिएको रंगशाला बनाउन संघीय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख र बेनीका ७ वडा कार्यालयको ९ लाख र संघीय सांसद विकास कोषबाट ५० लाख बजेट खर्च भइसकेको छ । नदी बगरमा अवस्थित बेनी खुलामञ्च जिल्लाकै सवैभन्दा ठूलो खेल मैदान मात्र होइन, राजनीतिक सभा/समारोह, सांस्कृतिक कार्यक्रम, व्यापारिक मेला/महोत्सव आयोजना गरिने एकमात्र स्थल हो । ‘लकडाउन सुरु…
Read More
विश्‍वकप छनोट :  फ्रान्स र युक्रेनबीच बराबरी, नेदरल्यान्ड्स टर्कीसँग पराजित

विश्‍वकप छनोट : फ्रान्स र युक्रेनबीच बराबरी, नेदरल्यान्ड्स टर्कीसँग पराजित

विश्वकप विजेता फ्रान्स सन् २०२२ को विश्वकप छनोटमा बुधबार युक्रेनसँग  १–१ को बराबरीमा रोकिएको छ । फ्रान्सले खेलको १९औं मिनेटमा एन्टोन ग्रिजमनको गोलले अग्रता लिएको थियो । तर खेलको ५७औं मिनेटमा प्रिस्नेल किपेम्बेको आत्मघाती गोलमा युक्रेनले बराबरी गरेको हो । नेदरल्यान्ड्स भने टर्कीसँग ४–२ ले स्तब्ध रह्यो । टर्कीका लागि बुराक यिलमजले ह्याट्रिक पनि गरे । अन्य खेलमा पोर्चुगलले अजरबैजानलाई १–०, सर्बियाले आयरल्यान्ड गणतन्त्रलाई ३–२, बेल्जियमले वेल्सलाई ३–१, चेक गणतन्त्रले इस्टोनियालाई ६–२, नर्वेले जिब्राल्टरलाई ३–०, रुसले माल्टालाई ३–१ र स्लोभेनियाले क्रोएसियालाई १–० ले हरायो । यस्तै फिनल्यान्ड र बोस्निया हर्जगोभिनाले २–२ र साइप्रस र स्लोभाकियाले गोलरहित बराबरी खेले ।
Read More
इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले छनोट खेलमा अनुपस्थित हुने

इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले छनोट खेलमा अनुपस्थित हुने

एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड इंग्ल्याण्डको तीनवटा विश्वकप छनोट खेलमा अनुपस्थित हुनुहुने भएको छ । पेटको मांसपेशीमा आएको समस्याले पिकफोर्डले यसै महिना हुने छनोट खेल नखेल्ने हुनुभएको हो ।२७ वर्षीय पिकफोर्ड प्रिमियर लिग अन्तगर्त बर्नली विरुद्धको खेलमा हाफटाइम सकिनु अघि मैदान छोड्नु परेको छ । चोटले गर्दा पिकफोर्डले शनिबार नै हुन लागेको एफए कप अन्तगर्त म्यान्चेष्टर सिटी विरुद्धको क्वार्टरफाइनल खेलमा समेत अनुपस्थित हुनुहुनेछ । इंग्ल्याण्डले यसै महिना सान मारिनो, अल्बानिया र पोल्याण्ड विरुद्ध छनोट खेल खेल्नेछ ।इंग्ल्याण्डका प्रशिक्षक गैरेथ साउथगेटले बिहीबार छनोट खेल्ने टोलिको घोषणा गर्नुहुनेछ । पिकफोर्डले जोहान बर्ग गुडमुन्डस्सनको प्रहारलाई रोक्न खोज्दा घाइते हुन पुग्नुभयो ।
Read More
यूएईका पूर्व कप्तानसहित दुई क्रिकेटरमाथि आठ वर्षको प्रतिबन्ध

यूएईका पूर्व कप्तानसहित दुई क्रिकेटरमाथि आठ वर्षको प्रतिबन्ध

यूनाइटेड अबर एमिरेट्स(यूएई)का दुईजना क्रिकेटरमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले आठ वर्षको प्रतिबन्ध लगाएको छ । मोहम्मद नवीद र शैमान अनवरमाथि सन् २०१९ को अक्टोबर १६ देखि आठ वर्षका लागि लागू हुनेछ ।सन् २०१९ को टी ट्वान्टी विश्वकप छनोट खेलको क्रममा दुबै खेलाडीले अनियमितता गरेको आइसीसीको छानबिनले ठहर गरेको छ । लिखित र मौखिक बहसपछि आइसीसीको अनियमितता छानबिन समितिले दुबै जना खेलाडीलाई दोष पाएको छ ।उहाँहरु दुबैजनालाई आइसीसीको खेलाडी संहिताको धारा २.१.१ र २.४.४ बमोजिम दोषी पाइएको छ । दुबै धारामा खेललाई प्रभावित हुने गरी मिलेमत्तो गरेको अवस्था र खेलको परिणाम प्रभावित हुने गरी आउन प्रलोभनबारे जानकारी गराउनुपर्ने उल्लेख छ ।नवीद यूएईका…
Read More
रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियो

रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियो

रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियोक्रिस्टियानो रोनाल्डो पोर्तुगलका एक स्टार फुटबलर हो। क्यागिलारीको बिरूद्ध आइतबार दिउँसो खेलेको खेलमा उनले ह्याट्रिक गरेर आफ्नो समग्र गोल ७७० बनाएर समग्र गोल सर्न्दर्भमा महान ब्राजिलियन खेलाडी पेलेलाई पछाडि छोडिदिएको छ । दुनिया को लेडिङ गोल स्कोरर भएको खुसी जतावदै क्रिस्टियानो रोनाल्डोले सोशल मीडिया प्लेटफार्म इंस्टाग्राम मा पोस्ट गरे।यस रेकर्ड पछि, रोनाल्डोले दुनियभरको अरु खिलाड़ी हरु झै स्नेह सहित भने कि पेले भन्दा ठूलो कुनै खेलाडी छैन। उनले सबै जाना जसले उनलाई आफ्नो कैरियरको गोल गर्नमा सहयोग पुराएका थिए उनीहरुलाई पनि धन्यबाद दिए ।उही समयमा पेलेले रोनाल्डोलाई सोशल मिडियामा बधाई पनि…
Read More
दिव्या काकरानः ‘कुस्तीमा केटाहरूलाई पछारेर म चर्चित भएँ’

दिव्या काकरानः ‘कुस्तीमा केटाहरूलाई पछारेर म चर्चित भएँ’

सानो उमेरमै विद्यालय जान रुचि नदेखाएपछि सजायस्वरूप उनलाई घरनजिकैखो कुस्ती अखाडामा पठाइयो। त्यहाँ प्रवेश गरेपछि उनको जीवनको बाटो नै फेरियो। दिव्या कक्रन पहिला स्थानीय र बिस्तारै राष्ट्रिय स्तरमा प्रतिभाशाली र शक्तिशाली महिला कुस्तीबाजका रूपमा प्रख्यात भइन्। तर यो क्रममा रूढिवादी भारतीय समाजमा अनेकौँ सङ्घर्ष गर्नुपर्‍यो।
Read More
महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स

महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्स नियुक्त भएका छन् । एन्फाको पाँच सदस्यीय प्राविधिक टोलीले प्रशिक्षकका रुपमा फिलिप्सको नाम प्रस्ताव गरेको थियो । फिलिप्स एन्फाको प्राविधिक निर्देशकका रुपमा काम गर्दै आएका थिए । उनले सन् २०१४ देखि सन् २०१५ सम्म पपुआ न्युगिनीको महिला टिममा रहेर प्रशिक्षकका रुपमा काम गरेका थिए । यसैगरी अब बन्द रहेको महिला टिमको प्रशिक्षण क्याम्प छिट्टै सुरु हुने र खेलाडीलाई साफ वुमन्स च्याम्पियन्ससिप र एएफसी वुमन्स एसियन कप क्वालीफाइयर्सका लागि तयार गरिने एन्फाले जनाएको छ ।
Read More