01
Aug
भारतकी महिला डिस्कस थ्रो एथलीट कमलप्रीत कौरले टोक्यो ओलम्पिकमा महिलाहरूकी डिस्कस श्रो स्पर्धाको फाइनलमा प्रवेश गरी पदकको आशा जगाइन् । कमलप्रीतले आफ्नो अन्तिम प्रयासमा ६४.०० मीटरको थ्रो गरी फाइनलमा स्थान सुरक्षित गरिन् । यसको विपरीत अनुभवी एथलीट सीमा पूनिया चाहिँ निराशाजनक प्रदर्शनको साथ पदकको होड़बाट बाहिर भइन् कमलप्रीतले आफ्नो दोस्रो प्रयासमा ६३.९७ मीटरको दूरीमा थ्रो गरेकी थिइन् । कमलप्रीतले अब सोमवार हुने फाइनलमा पदकको निम्ति चुनौती पेश गर्नेछिन्। क्वालीफिकेशनमा शीर्षमा रहने अमेरिकी खेलाड़ी वालारी अलम्यानपछि ६४ मीटर या त्यसभन्दा अधिक दूरीको थ्रो गर्ने कमलप्रीत एकमात्र खेलाड़ी हुन् । दुवै पूलबाट ३१ जना खेलाडीहरूमा ६४ मीटरको मार्कलाई पार गर्ने या शीर्ष…
