02
Aug
भारतकी दिग्गज महिला ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुले टोक्यो ओलम्पिकमा काँस्य पदकको साथ इतिहास रचिन् । आइतवार उनी ओलम्पिकमा लगातार दुईवटा व्यक्तिगत पदक जित्ने भारतकी पहिलो महिला खेलाड़ी बनिन् । समग्रमा सुशिल कुमारपछि लगातार दुईवटा ओलम्पिक पदक जित्ने उनी देशका दोस्रो एथलीट हुन् । आइतवार खेलिएको महिला एकल ब्याडमिण्टनको काँस्य पदकको म्याचमा छैटौं वरीयता प्राप्त सिन्धुले चीनकी बिङ्ग जियाओलाई केवल ५२ मिनटमा २१-१३, २१-१५ ले पराजित गरिन् । सिन्धुले यसअघि २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन् । पहलवान सुशिलले २००८ को बेजिङ्ग ओलम्पिकमा काँस्य र २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेका थिए। यसबाहेक ब्याडमिण्टनमा भारतको यो तेस्रो पदक…
