भारत पुरुष हकीको क्वार्टर फाइनलमा

भारतीय पुरुष हकी टोलीले बिहीवार खेलिएको आफ्नो चौथो ग्रुप म्याचमा अन्तिम क्वार्टरमा छिराएको जोड़ी गोलको सहायताले वर्तमान ओलम्पिक च्याम्पियन अर्जेण्टिनालाई ३- १ ले पराजित गयो। चारवटा म्याचमा भारतको यो तेस्रो जीत हो अनि अहिले टोलीसँग ९ अङ्क रहेको छ । यसरी भारत ग्रुप ए मा अष्ट्रेलिया (१२ अङ्क) पछि दोस्रो स्थानमा रहेको छ। यस जीतको साथै भारतले क्वार्टर फाइनलमा स्थान बनाउने पनि सुनिश्चित भयो । भारतको तर्फबाट आजको म्याचमा वरुण कुमारले ४३औं, विवेक सागर प्रसादले ५८औं र हरमनप्रीत सिंहले ५९औं मिनटमा गोल गरे|

अर्जेण्टिनाको निम्ति एकमात्र गोल ४८ औं मिनटमा स्कुथ कासेलाले छिराए ।

म्याचको शुरुवाती दुईवटा क्वार्टर गोलरहित रहेपछि भारतले तेस्रो क्वार्टरको अन्तमा गोल गरी १-० को बढ़त हासिल गयो । भारतको निम्ति पहिलो गोल वरुण कुमारले पेनल्टी कर्नरमा गरे। एक गोलले पछाड़िएपछि वर्तमान च्याम्पियन अर्जेण्टिनाले पनि आक्रमणमा तेजी ल्यायो । यसै क्रममा उनीहरूलाई ४७औं मिनटमा पेनल्टी कर्नर प्राप्त भयो, जसलाई ४८ औं मिनटमा गोलमा परिणत गरी स्कुथले स्कोर १-१ को बराबरीमा पुयाए । स्कोर – बराबरीमा पुगेपछि दुई टोलीबीच फेरि एकपल्ट बढ़त हासिल गर्ने होड़ शुरु भयो|

यस होड़मा भारतलाई सफलता हासिल भयो । विवेक सागरले ५८औं मिनटमा मैदानी गोल गरी भारतलाई २-१ ले अघि पारे । यस गोलले उत्साहित भारतीय टोलीले फेरि हमला गयो अनि ५९औं मिनटमा पेनल्टी कर्नर हासिल गयो । त्यस मौकालाई गोलमा परिणत गरी हरमनप्रीतले भारतको जीत सुनिश्चित गरे अन्तिम क्वार्टरमा हासिल गरेको दुई गोलले भारतको जीत पक्का गर्नको साथै टोलीको गोल अन्तरलाई पनि शून्य गयो। विश्वको नम्बर एक टोली अष्ट्रेलिया विरुद्ध ७-१ ले पराजित भएपछि भारतको गोल अन्तर घटेर ५ भएको थियो तर स्पेन विरुद्ध ३-० अनि आज अर्जेण्टिना विरुद्ध ३-१ को जीतले भारतलाई दोस्रो स्थानमा पुयायो ग्रुपमा स्पेन एउटा जीत र एउटा ड्र बाट ४ अङ्कको साथ तेस्रो स्थानमा रहेको छ, जुन न्यूजील्याण्डको बराबर हो अर्जेण्टिनासँग पनि एउटा जीत र एउटा ड्र बाट ४ अङ्क नै रहेको छ तर गोल अन्तरको आधारमा वर्तमान च्याम्पियनहरू स्पेन र न्यूजील्याण्डभन्दा पछि रहेका छन् । न्यूजील्याण्ड विरुद्ध केवल एउटा ड्र-को साथ आयोजक जापान केवल एक अड्क लिएर ग्रुपको अन्तिम स्थानमा रहेको छ । भारतले अब ग्रुप चरणको अन्तिम म्याचमा जापानको चुनौती स्वीकार्नेछ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *