SILIGURI

प्रहरीले नाबालिगको विवाह रोक्यो, बेहुला र पुजारीलाई पक्राउ गर्यो

प्रहरीले नाबालिगको विवाह रोक्यो, बेहुला र पुजारीलाई पक्राउ गर्यो

प्रहरीले अन्तिम समयमा नाबालिग केटीको विवाह रोक्यो र विवाह स्थलबाट पुजारी र २१ वर्षीय बेहुलालाई पक्राउ गर्यो। ठूलो रकमको लोभमा परेर पुजारीले आफ्नै घरमा गोप्य रूपमा विवाह गरिरहेको आरोप छ। घटना बिहीबार राति जलपाईगुडीको अम्बिकानगर क्षेत्रमा भएको हो। पुजारी अमृत गांगुलीको घरमा १६ वर्षीया केटीको विवाहको तयारी भइरहेको थियो। बेहुलाको पहिचान २१ वर्षीय पियुष राईको रूपमा गरिएको छ। विवाह समारोहमा दुवै परिवारका सदस्यहरू उपस्थित थिए र बालविवाह उनीहरूको सहमतिमा भइरहेको थियो। केटी नाबालिग भएकोले छिमेकी वा प्रशासनलाई जानकारी नदिन गोप्य रूपमा विवाह गरिएको थियो। तर सूचनाको आधारमा, एनजेपी प्रहरी घटनास्थलमा पुग्यो र बेहुला र पुजारी अमृत गांगुलीलाई विवाह स्थलबाटै पक्राउ…
Read More
सिलिगुडीमा भव्य महाकाल मन्दिर निर्माण गरिनेछ, जहाँ देशकै सबैभन्दा ठूलो शिवको मूर्ति स्थापना गरिनेछ – मुख्यमन्त्री ममता बनर्जीले घोषणा गरिन्

सिलिगुडीमा भव्य महाकाल मन्दिर निर्माण गरिनेछ, जहाँ देशकै सबैभन्दा ठूलो शिवको मूर्ति स्थापना गरिनेछ – मुख्यमन्त्री ममता बनर्जीले घोषणा गरिन्

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दार्जिलिङमा पत्रकार सम्मेलनमा सिलिगुडीमा भव्य महाकाल मन्दिर निर्माण गरिने घोषणा गरिन्, जहाँ देशकै सबैभन्दा ठूलो शिवको मूर्ति स्थापना गरिनेछ। मुख्यमन्त्रीले यो मन्दिरले धार्मिक आस्था र पर्यटन दुवैलाई प्रवर्द्धन गर्ने बताएकी छिन्। उनले दार्जिलिङको महाकाल मन्दिरमा आउने वृद्धवृद्धा र अशक्त भक्तहरूलाई कुनै कठिनाइ बिना मन्दिर पुग्न विद्युतीय सवारी साधन उपलब्ध गराउने घोषणा पनि गरिन्, जसले गर्दा उनीहरू मन्दिरमा सहजै पुग्न सक्नेछन्। मुख्यमन्त्री ममता बनर्जीको यो भनाइ पहाडको भ्रमणको अन्तिम दिन आएको थियो, जब उनले बिहान रिचमन्ड हिलबाट पैदल यात्रा गरेर जनसम्पर्क अभियान सुरु गरेकी थिइन्। यस क्रममा, उनले स्थानीय र पर्यटकहरूसँग अन्तरक्रिया गरिन्, उनीहरूको समस्या र…
Read More
आरोपी विद्यार्थीहरू प्लाज्मा समितिबाट बाहिर

आरोपी विद्यार्थीहरू प्लाज्मा समितिबाट बाहिर

उत्तर बङ्गाल मेडिकल कलेजमा भएको ऱ्यागिङ घटनामा संलग्न विद्यार्थीहरूलाई वार्षिक सांस्कृतिक कार्यक्रम प्लाज्माको आयोजक समितिबाट हटाउने एण्टी ऱ्यागिङ समितिले निर्णय गरेको छ। मङ्गलवार उत्तर बङ्गाल मेडिकल कलेजमा बसेको एण्टी ऱ्यागिङ समितिको बैठकमा यस्तो निर्णय गरिएको हो। उक्त बैठकमा कलेजका प्राचार्य सञ्जय मलिक, डिन अनुपमनाथ गुप्ता, हरेक विभागका प्रतिनिधि तथा दार्जीलिङ जिल्ला लिगल एड सेलका सचिव अमित सरकार उपस्थित थिए। मेडिकल कलेज सूत्रअनुसार बैठकमा ऱ्यागिङ प्रकरणमा संलग्न 20 जना विद्यार्थीहरूलाई बोलाइयो। केहीले आफ्नो गल्ती स्वीकार गरे पनि समितिका सदस्यहरूले ऱ्यागिङलाई सामान्य रूपमा नलिने स्पष्ट गरे। प्लाज्मा कार्यक्रमका तयारीका क्रममा सत्तारूढ़ दलसित नजिक रहेका केही विद्यार्थीहरूले अन्य साधारण विद्यार्थीमाथि मानसिक यातना दिएका…
Read More
बेहाल सड़कको विरोधमा आसी घर मोड़मा प्रदर्शन

बेहाल सड़कको विरोधमा आसी घर मोड़मा प्रदर्शन

सिलगढ़ी इस्टर्न बाइपास नजिकको आसी घर मोड़मा मङ्गलवार बेहाल सड़कको विरोधमा स्थानीय वासिन्दाहरूले बाटो अवरोध गरेर प्रदर्शन गरे। लामो समयदेखि सड़क र नालीको जीर्ण अवस्थाका कारण स्थानीय वासिन्दा दैनिक रूपमा समस्यामा परिरहेको तिनीहरूको आरोप छ।आज स्थानीयहरूले सड़कमा ओर्ह्लिएर प्रदर्शन गरे। तिनीहरूको भनाइ अनुसार सड़क र नाली मरम्मतीका लागि स्थानीय पञ्चायत प्रधान, विधायक र सांसदको ध्यान बारम्बार आकषिर्त गरिए पनि कुनै ठोस कदम चालिएको छैन। बर्खामा सड़कमा नालीको पानी थुप्रिन्छ साथै मुख्य मोड़मा सडक अत्यन्तै खराब छ। तर जनप्रतिनिधिहरूले आश्वासन मात्र दिएका छन् तर कामको अत्तोपत्तो नगरेका प्रदर्शनकारीहरूको आरोप छ।अवरोधका कारण आसी घर मोड़देखि कोर्ट मोड़तर्फ जाने सड़क केही समयका लागि…
Read More
चन्दाको कारण मदानी बजारमा अशान्ति, एक युवक पक्राउ

चन्दाको कारण मदानी बजारमा अशान्ति, एक युवक पक्राउ

काली पूजाको उल्लास आरम्भ हुनअघि नै उत्सवको शहर फेरि चन्दा आतङ्कमा पर्यो । सिलगढ़ीको मदानी बजार क्षेत्रमा चन्दा उठाउने विषयले स्थिति रणक्षेत्रमा परिणत भयो। आरोपअनुसार, केही स्थानीय युवाहरूले सिक्किमको यात्रीवाहक वाहन रोकेर चन्दा मागेका थिए। चालकले आपत्ति जनाएपछि तीव्र वादविवाद आरम्भ भयो। त्यसपछि तोड़फोड़ र आक्रमणसम्म भएको बताइएको छ। घटनामा केही यात्रीहरू घाइते भएका र यसले सम्पूर्ण क्षेत्रमा चालकहरूबीच आतङ्क मच्चिएको जानकारी छ।खबर पाएपछि सिलगढ़ी कमिश्नरेट पुलिसको न्यू जलपाइगढ़ी थाना क्षेत्रको पुलिस टोली तुरुन्तै घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लियो। राहुल सरकार नामक एक युवकलाई घटनास्थलबाट पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार, घटनामा अन्य कसैको संलग्नता छ कि छैन भनेर जाँच भइरहेको…
Read More
सेना जवानको रहस्यमय मृत्यु

सेना जवानको रहस्यमय मृत्यु

सिलगढ़ी जङ्क्शन क्षेत्रमा एक सेना जवानको शव फेला परेपछि निकै होहल्ला मच्चिएको छ। मङ्गलवार सखारै बिहान स्थानीय मानिसहरूले सिलगढ़ी जङ्क्शननजिक एक युवक सड़कमा लड़िरहेको अवस्थामा देखे। तिनी सैनिकको पोशाकमा थिए। त्यसपछि पुलिसलाई खबर गरियो। पुलिस आएर शवलाई उद्धार गरी अस्पताल पठायो।स्थानीय सूत्रअनुसार, बिहान लगभग 4.30 देखि 5 बजीबीच स्थानीय पेट्रोल पम्पको छेउमा सैनिकको पोशाकमा एक व्यक्ति सड़कमा लड़िरहेको अवस्थामा देखिएको थियो। स्थानीय मानिसहरूले पहिले जङ्क्शन ट्राफिक पुलिसलाई जानकारी दिए। त्यसपछि प्रधाननगर थाना पुलिस घटनास्थलमा आइपुग्यो। पुलिसको टोलीले शव उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल पठायो।पुलिस सूत्रअनुसार मृत व्यक्ति सम्भवतः सिक्किमका सैनिक थिए। उमेर लगभग 40 वर्ष बताइएको छ। जङ्क्शनका टोटो चालक…
Read More
सिलगढीमा तीन महिनाकी महिलाको झोला खोस्ने घटना सुल्झियो, दुई अभियुक्त पक्राउ

सिलगढीमा तीन महिनाकी महिलाको झोला खोस्ने घटना सुल्झियो, दुई अभियुक्त पक्राउ

केही महिनाअघि सिलगढी नगर निगमको वार्ड नम्बर १५ मा भएको महिलाको झोला खोस्ने घटनाको अनुसन्धानमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। सिलगढी प्रहरी चौकीको पानी ट्याङ्की चौकीका प्रहरीले दुई अभियुक्त - राणा दास र प्रशान्त मोहन्तलाई पक्राउ गरेको छ। दुवै आसिघर क्षेत्रका बासिन्दा हुन्।जानकारी अनुसार, घटना तीन महिनाअघि सिलगढीका उपमेयर रञ्जन सरकारको वार्ड (नम्बर १५) मा भएको थियो। एक महिलाको झोला जबरजस्ती खोसिएको थियो। घटना भएदेखि नै प्रहरीले अभियुक्तको खोजी गरिरहेको थियो। अन्ततः, अनुसन्धानमा सफलतासँगै, प्रहरीले दुवै पुरुषलाई पक्राउ गरी आज सिलगढी अदालतमा पेश गरेको छ। ती दुई पुरुष ठूलो गिरोहसँग सम्बन्धित छन् कि छैनन् भन्ने कुरा पत्ता लगाउन थप…
Read More
उत्तरबाङ विश्वविद्यालय पूर्व छात्र संघले अक्टोबर ११ मा रजत जयन्ती मनाउने

उत्तरबाङ विश्वविद्यालय पूर्व छात्र संघले अक्टोबर ११ मा रजत जयन्ती मनाउने

उत्तबाङ विश्वविद्यालय पूर्व छात्र संघ (NBUAA) ले अक्टोबर ११ मा भव्य रूपमा आफ्नो रजत जयन्ती वर्ष मनाउनेछ। यो विशेष कार्यक्रम विश्वविद्यालय क्याम्पसको सम्मेलन हलमा आयोजना हुनेछ। पूर्व छात्र संघका सदस्यहरूले आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा यो जानकारी साझा गरे। उनीहरूले कार्यक्रममा पूर्व र वर्तमान संकाय, विशिष्ट अतिथिहरू र विश्वविद्यालयका पूर्व छात्रहरूको उपस्थितिमा संगोष्ठी, सांस्कृतिक कार्यक्रम र भविष्यका योजनाहरूमा विशेष सत्र प्रस्तुत गरिने बताए। पूर्व छात्र संघले NBUAA ले विगत २५ वर्षदेखि विश्वविद्यालय र समाज बीच पुलको रूपमा सेवा गर्दै आएको बताएको छ। यस रजत जयन्ती वर्षलाई स्मरणीय बनाउन धेरै महत्त्वपूर्ण गतिविधिहरूको योजना बनाइएको छ। यस अवसरमा शिक्षा, संस्कृति र सामाजिक…
Read More
सड़क दुर्घटनामा साहुडाङ्गीकी गौरी रायको मृ*त्यु

सड़क दुर्घटनामा साहुडाङ्गीकी गौरी रायको मृ*त्यु

राजञ्ज ब्लकको साहुडाङ्गी क्षेत्रमा एक हृदयविदारक सड़क दुर्घटना भएको छ। कामबाट घर फर्कने क्रममा 21 वर्षीया गौरी रायको मृत्यु भएको हो। घटना बुधवार साँझतिर साहुडाङ्गीको साहु पुलनजिक भएको बताइएको छ। स्थानीय सूत्रअनुसार गौरी राय साहुडाङ्गीको छत्ररपाड़ाकी वासिन्दा थिइन्। तिनका पिता धनश्वर राय (हुलुङ राय) रिक्सा चालक हुन्। आर्थिक कठिनाइका कारण गौरीले पढ़ाईसितै काम गरेर परिवारको जिम्मावारी सम्हाल्दै आएकी थिइन्। तर तिनको सङ्घर्षपूर्ण जीवनको अन्त्य एउटा हृदय विदारक दुर्घटनामा भयो।प्रत्यक्षदर्शी दीनबन्धु रायअनुसार, गौरी काम सकेर घर फर्कँदै थिइन्। अचानक बाटो काट्ने क्रममा तीव्र गतिको एउटा गाड़ीले तिनलाई ठक्कर दियो। घटनास्थलमै गौरीको मृत्यु भयो। खबर पाएपछि एनजेपी थाना र भोरेर आलोको थाना…
Read More
शङ्कर घोषलाई अस्पतालबाट छुट्टी

शङ्कर घोषलाई अस्पतालबाट छुट्टी

सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषलाई अस्पतालबाट छुट्टी दिइएको छ। गत सोमवार नगराकट्टामा राहत वितरण गर्न पुगेका बेला तिनी साथै उत्तर मालदाका भाजपा सांसद खगेन मुर्मू जनआक्रोशको शिकार बनेका थिए। घटनाको दुई दिनपछि बुधवार दिउँसो शङ्कर घोष घर फर्किए। तिनको दाहिने हातको लिगामेण्टमा चोट लागेको छ र तिनलाई अझ केही दिनसम्म औषधी खानु पर्नेछ। तर खगेन मुर्मू अझै पनि अस्पतालमै उपचाराधीन छन्। तिनको स्वास्थ्य अवस्था पहिलेभन्दा धेरै स्थिर भए पनि तिनलाई अझ पन्ध्र दिनसम्म बोल्न नदिने सल्लाह दिइएको छ। अवस्था पूर्ण रूपमा स्थिर भएपछि शल्यक्रिया गरिनेछ।अस्पतालबाट छुट्टी पाएपछि शङ्करले भने, मेरो दाहिने हातको लिगामेण्टमा अझै पनि चोट छ। तर पहिलेभन्दा केही…
Read More