03
Nov
भारतको महिला क्रिकेट टोली विश्व च्याम्पियन बनेको छ। घरेलु मैदानमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई 52 रनले पराजित गर्दै हरमनप्रीत कौरको टोलीले उपाधि कब्जा गरेको हो। यस जीतमा बङ्गालकी रिचा घोषले ठूलो भूमिका खेलेकी छिन्। आफ्नै शहरकी छोरीको सफलतामा सिलगढ़ी पनि उत्सवमा डुब्यो। खेल सकिए लगत्तै मध्य रातमै सिलगढ़ी वासिन्दा सड़कमा निस्किएर उल्लास मनाए। भारतको जीत र रिचाको प्रदर्शन दुवै कारणले सबै रोमाञ्चित थिए।आइतवार राति सिलगढ़ीकी छोरीको हातबाट पहिलोपटक बङ्गालले क्रिकेट विश्व कप जीतको स्वाद पायो। खेल समाप्त हुन साथ शहरभरि उत्सव आरम्भ भयो। विभिन्न क्षेत्रका मानिसहरू हातमा भारतको झण्डा लिएर सड़कमा निस्किए। भारतको जयजयकार र रिचाको प्रशंसाले सड़कहरू गुञ्जायमान बन्यो…
