17
Jul
कोविड १९ को खतरनाक भेरिएन्ट मध्ये एक मानिएको डेल्टा भेरिएन्ट अहिलेसम्म सिक्किममा नभेटिएको स्वास्थ्य विभागका महा निर्देशक तथा सचिव डा. पेम्पा टी भोटियाको दावी रहेको छ । केही दिन अघि पाकिममा डेल्टा भेरिएन्ट कोविड १९ फेला पन्यो भन्ने हल्लाको खण्डन गर्दै आज पत्रकारहरूसितको कुराकानीमा उनले यो दावी गरेका हुन् । विभागले सामाजिक सञ्जालमा फैलिएको उक्त कथित अफ वाहलाई त्यसै समय खण्डन गरेको पनि उनले जानकारी गराए डा. पेम्पाको भनाइअनुसार स्वास्थ्य विभागले गत २९ अप्रेलको दिन जेनुम सिक्वेन्सिङको निम्ति पठाएको ४९ वटा सेम्पलमा युके र डबल म्यूटेन भेरिएन्ट भेटिए पनि डेल्टा भेरिएन्ट भने भेटिएको छैन । यसरी नै २३ जूनको दिन…
