30
Sep
राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा बसेको राज्य मन्त्रीमण्डलको बैठकमा विभिन्न योजनाहरूलाई अनुमोदन गर्दै धनराशि स्वीकृत गरिएको छ। २७ सेप्टेम्बरको दिन आयोजित बैठकमा मन्त्रीमण्डलले योजनाहरूमाथि छलफल गर्दै प्रशासनिक स्वीकृतिसँगै वित्तीय आवण्टनको निम्ति स्वीकृति दिएको छ । बैठकमा वर्ष २०२१-२२-को निम्ति कृषि सांख्यिकी रिपोर्टिङको निम्ति एजेन्सी स्थापना कार्यान्वयन गर्न रु. १०६.१७ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइएको छ । यसको निम्ति रु. ७० लाख वित्तीय स्वीकृति दिइयो । राज्यमा रहेका पशु चिकित्सा पोलिक्लिनिक अनि पशुपालन एवं पशु चिकित्सा सेवा विभागको एनेक्स भवनमा विद्युत ब्याक अप सुविधाहेतू वर्तमान रहेको विद्युतीकरणलाई मरम्मति अनि बढ़ोत्तरी गर्न रु. २४.९३ लाख प्रशासनिकसँगै वित्तीय स्वीकृति दिइयो यसैगरी, सुँगुर उत्पादन…
