09
Feb
पश्चिम बंगालकी मुख्यमन्त्री अनि तृणमूल कंग्रेस प्रमुख मम ता ब्यानर्जीले भारतीय जनता पार्टीप्रति जनतासँग झूटो वाचा गरेको आरोप लगाउँदै मंगलवार भनेअनुसार कोरोना महामारीमा असंख्य मृतकहरूको अन्तिम संस्कारको निम्ति जुन राजनैतिक दलको सरकारले दाउरासमेत उपलब्ध गराउन सकेन त्यस दलले पहिला देशसमक्ष क्षमा माग्नुपर्नेछ अनि त्यसपछि नै त्यस दललाई जनतासँग भोट माग्ने नैतिक अधिकार प्राप्त हुनेछ । ममता ब्यानर्जीले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग संयुक्त संवाददाता सम्मेलनमा भाजपालाई प्रहार गरिन् । तिनले उत्तर प्रदेश विधानसभा चुनाउमा सपालाई तृणमूल कंग्रेसले समर्थन दिने घोषणा गर्दै भनिन्, म उत्तर प्रदेशका जनतालाई सबै एकजुट भएर भाजपालाई पराजित गर्न अनि सपालाई जिताउन आह्वान गर्दछ । तिनले उत्तर…
