15
Jan
राशन भ्रष्टाचार मामिलामा ज्योतिप्रिय मलिक जमानीमा छुटेका छन्। बुधवार विशेष प्रवर्तन निदेशालय (ईडी) न्यायालयले राज्यका पूर्व मन्त्रीलाई जमानीमा छाड़ेको हो। प्राप्त जानकारी अनुसार 50 हजार रुपियाँको जमानी बोण्ड र 50 लाख रुपियाँको व्यक्तिगत बोण्डमा तिनलाई जमानी दिइएको छ। 2023 को अक्टोबर 27 मा राशन भ्रष्टाचार मामिलामा मलिकलाई पक्राउ गरिएको थियो। दुईपटक हिरासतमा बसेपछि तिउनलाई प्रेसिडेन्सी केन्द्रीय सुधार गृहमा राखिएको थियो। तर पक्राउ परेपछि पूर्व मन्त्री बिरामी परेका थिए। बिरामी भएपछि जेल अस्पतालका चिकित्सकहरूको सल्लाहमा तिनलाई एसएसकेएममा भर्ना गरिएको थियो। जमानीको माग गर्दै पूर्व मन्त्री कलकत्ता उच्च न्यायालयको शरणमा पुगेका थिए। यस मामिलामा पहिले नै चामल मिल व्यवसायी बाकिबुर रहमान, बनगाँउका…