04
Feb
चर्चित सेलिब्रेटीहरुले समेत समर्थन जनाउन थालेपछि भारतमा पाँच महिनादेखि जारी किसान आन्दोलनप्रति अन्तर्राष्ट्रिय चासो ह्वात्तै बढेको छ । बुधबार चर्चित पप स्टार रिहानाले किसान आन्दोलनको पक्षमा ट्विट गरेकी थिइन् । रिहानाले आफ्नो ट्विटमा ‘भारत सरकारले किसान आन्दोलनलाई असफल तुल्याउन इन्टरनेट बन्द गरेको’ शीर्षकको सिएनएनको समाचारलाई उद्धृत गर्दै आन्दोलनका पक्षमा फार्मस प्रोटेष्ट ह्यासट्गसहित एक्येबद्धता जनाएकी थिइन् । उनको ट्विटलाई घन्टाभरमै एक लाखभन्दा बढीले रिट्विट र २ लाखभन्दा बढीले लाइक गरिसकेका छन् । रिहानालाई पछ्याउँदै किसान आन्दोलनको समर्थनमा अन्य सेलिब्रेटी र अभियन्तासमेत उभिन थालेका छन् । यसले आफ्नो अन्तर्राष्ट्रिय छविमाथि नै प्रश्न उठ्ने देखेर भारतले किसान आन्दोलनप्रति बढ्दो अन्तर्राष्ट्रिय समर्थनप्रति कडा टिप्पणी गरेको छ । भारतको…
