08
Feb
भारत, उत्तराखण्डको चमोलीमा हिमनदी फुटेर धौलीगंगालगायत नदीहरूमा आएको बाढीमा बेपत्तामध्ये थप तीन जनाको शव फेला परेको छ । चमोली जिल्लाका सूचना अधिकृत रवीन्द्र सिंहका अनुसार सोमबार बिहानसम्म ११ जनाको शव बरामद गरिएको छ भने अझै १५३ जनाभन्दा बढी सम्पर्कविहीन छन् । उद्धार टोलीले आइतबार साँझसम्म बाढीले ल्याएको हिलो र लेदोमा पुरिएका आठ जनाको शव निकालेको थियो । तीमध्ये एक नेपाली रहेको सिंहले बताएका थिए । ती नेपालीको नाम र ठेगाना अझै पनि नखुलेको उनले जानकारी दिए । हालसम्म २५ जनाको जीवितै उद्धार गरिएको पनि सिंहले बताए । उत्तराखण्डको जोशी मठनजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाका रैनी र…
