17
Feb
कोरोनाभाइस विरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा 'खोप राहदानी' भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँछ भनेर तर्क गरिँदैछ। ग्रीसमा प्रधानमन्त्रीले कोभिड खोप लगाएका मानिसहरूलाई एक प्रमाणपत्र जारी गर्न भनी युरोपेली आयोगलाई आग्रह गरेका छन्। त्यस्तो दस्तावेजले "खोप लगाइसकेका मानिसहरूलाई स्वतन्त्रतापूर्वक खुला रूपमा ओहोरदोहोर गर्न सहज तुल्याउँछ।" एस्टोनिया र संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले खोप लगाएको भन्ने जनाउने विद्युतीय प्रमाणपत्र, ई-भ्याक्सिनेशन सर्टिफिकेट तयार पार्दै छन्। त्यसलाई "स्मार्ट एलो कार्ड" भनिनेछ।
