North-East

दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

दोस्रो चरणको खोप कार्यक्रम केही समयका लागि स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रालयले फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरेको थियो । मन्त्रालयले दोस्रो चरण अन्तर्गत ५५ वर्ष ६४ सम्मका व्यक्तिलाई दोस्रो चरणमा खोप दिने कार्यक्रम तय गरे पनि खोप आपूर्ति गर्न केही समय लाग्ने देखिएपछि सो कार्यक्रमलाई स्थगित गर्नु परेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले नेपाललाई थप खोप उपलब्ध गराउने बारे औपचारिक…
Read More
विश्व स्वास्थ्य संगठनले भन्यो–अस्ट्राजेनेका खोप सुरक्षित

विश्व स्वास्थ्य संगठनले भन्यो–अस्ट्राजेनेका खोप सुरक्षित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेको कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोप सुरक्षित रहेको जनाएको छ । खोपका कारण रक्तनलीमा रगत जम्ने (ब्लड क्लट) समस्या देखिएको कतिपय देशको दाबीविपरीत डब्लूएचओका विज्ञहरूले खोप सुरक्षित रहेको दाबी गरेका हुन् । त्यसैगरी, अस्ट्राजेनेका कम्पनी र युरोपेली औषधि नियामक निकाय (ईएमए) ले पनि उक्त खोप सुरक्षित रहेको बताउँदै ‘खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा सत्यता नरहेको’ जनाएका छन् । डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले सर्वसाधारणलाई ‘नआत्तिन र अस्ट्राजेनेका खोप लगाउने कार्यलाई निरन्तरता दिन’ आग्रह गरेकी छन् । ‘अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन,’ उनले भनिन् । डब्लूएचओ र ईएमएका विज्ञहरूले…
Read More
जापानको फुकुशिमामा भूकम्प

जापानको फुकुशिमामा भूकम्प

जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५।३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५।२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो ।भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।
Read More
ब्राजिलमा नियन्त्रणमा आएन संक्रमण

ब्राजिलमा नियन्त्रणमा आएन संक्रमण

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या दुई लाख ८० हजारको नजिक पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । संक्रमणबाट दुई लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ । अधिकारीहरुका अनुसार संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । एक करोड १५ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।अधिकारीहरुका अनुसार कोभिड १९ बाट संक्रमित…
Read More
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताउनुभएको छ ।उहाँले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्दैछौं भन्नु भएको छ । उहाँले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र…
Read More
अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा

अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नुभएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेशमन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिनुभयो ।चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गर्नुभएको छ ।जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उहाँहरुले चीनका पछिल्ला…
Read More
बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई ३ वर्ष ६ महिना कैदमा राख्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो । झुटो जाहेरी दिएर व्यक्तिको मानहानि गरेको ठहर भएपछि महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताउनुभयो । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार…
Read More
म्यान्मारमा थप ५ प्रदर्शनकारी मारिए

म्यान्मारमा थप ५ प्रदर्शनकारी मारिए

म्यान्मारको सैनिक ‘कु’ विरुद्धको प्रदर्शनका क्रममा सोमबार पाँच जनाको ज्यान गएको छ । अधिकारकर्मी तथा प्रत्यक्षदर्शीहरूले सोमबार यांगुनको औद्योगिक क्षेत्रमा दर्जनौं प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली हानेको जनाएका छन् । लोकतन्त्रवादी नेत्री आङ सान सुचीका समर्थकहरूले यांगुनका साथै म्यान्डले, हखा, मायिङ र अउंगलान सहरमा गरेका प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘एक युवतीको टाउकोमा र एक युवकको अनुहारमा गोली लागेको छ,’ एक प्रदर्शनकारीले भने, ‘म भने लुक्न भ्याएँ ।’ यसअघि आइतबार सुरक्षा फौजले करिब ५० जना प्रदर्शनकारीको ज्यान लिएको अभियानकर्ताहरूले बताएका छन् । ‘द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य सहर यांगुनको झडपमा मात्रै करिब ३० जना प्रदर्शनकारी मारिएको जनाएको छ ।…
Read More
यौन दुर्व्यवहारको विरोधमा अस्ट्रेलियामा देशव्यापी प्रदर्शन

यौन दुर्व्यवहारको विरोधमा अस्ट्रेलियामा देशव्यापी प्रदर्शन

यौन दुर्व्यवहार तथा लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा सोमबार हजारौंले देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी क्यानबेराका साथै सबै मुख्य सहरमा गरिएको प्रदर्शनका सहभागीले महिलामाथि हुने यौन दुर्व्यवहार र उत्पीडनविरुद्ध स्वतन्त्र छानबिन गरिनुपर्ने माग गरेका छन् ।  ‘मार्च फर जस्टिस’ नामक संस्थाको अगुवाइमा भएको प्रदर्शनमा १ लाखभन्दा बढी महिला, पुरुष तथा बालबालिका सहभागी भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । करिब एक महिनाअघि संसद् भवनस्थित रक्षामन्त्री लिन्डा रेनल्डस्को कार्यालयमा काम गर्ने पूर्वकर्मचारी ब्रिटनी हिगन्सले सहकर्मीद्वारा बलात्कृत हुनुपरेको आरोप लगाएपछि यो मुद्दा अघि आएको हो । यसलगत्तै महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले करिब ३३ वर्षअघि एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यो समस्या अझ चर्किएको हो । पोर्टरमाथि…
Read More

बदायूं का तरबूज खायेगा सऊदी-नेपाल-बंग्लादेश

13 बीडीएन 11--कादरचौक स्थित गंगा की कटरी में लगायी गयी पलेज को सही करता किसान। 13 बीडीएन 12--कछला के समीप हुसैनपुर में गंगा की कटरी में लगायी गयी पलेज को सही करता किसान। कादरचौक और कछला क्षेत्र में होती बंपर पॉलेज अप्रैल महीने से मिलना शुरू हो जायेगी पॉलेज जौनपुरी और काला वैरायटी की अधिक डिमांड पॉलेज की शुरुआत में ठेकेदारों से एडवांस सौदा उझानी। संजीव सक्सेना गंगा किनारे तलहटी में तैयारी होने वाली पॉलेज के तरबूज दिल्ली, नेपाल, बंग्लादेश, सऊदी के लोग खायेंगे। गंगा किनारे बसे गांव के लोगों ने नालियां तैयार कर पॉलेज लगानी शुरू कर दी है।…
Read More