20
Mar
काठमाडौँ — नेकपा महासचिव नेत्रविक्रम चन्दले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताएका छन् । सरकार र नेकपाबीच सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै चन्दले सरकारसँग सहमति गर्नुको उद्देश्यभित्र लुकेका सपना पूरा गर्ने पनि बताए । ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै हैन । केही नेताहरुको कुरा हैन । यो सहमतिको पछाडि सपना लुकेको छ । देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना यो भित्र छ । यो भित्र दीर्घ शान्ति, स्थिरता, नेपाली जनताको अहिलेसम्म पूरा नभएको आकांक्षा, युवाहरुभित्र हुर्किएको समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा सकारात्मक सहयोग पायौं । हामी खुसी छौं,’ चन्दले भने । झापा आन्दोलनको सन्दर्भकै दिन…
