20
Mar
श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ ।श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियामक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो ।यो खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् । नियमक निकायले अनुमति दिएकाले अव त्यसको आपुर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलङ्काका उत्पादन, आपूर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले जानकारी दिनुभयो । श्रीलङ्कामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि अस्ट्राजेनिका र स्पुत्निक भीले अनुमति पाएका थिए । श्रीलङ्कले अहिले खोप अभियान व्यापक रुपमा चलाइरहेको छ । गत फेब्रुअरीको मध्यदेखि सुरु भएको खोप अभियान…
