North-East

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनुभएको छ । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नुभएको छ । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति हुनुभएको हो । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बन्नुभएको हो ।हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिनुभएको छ । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नुहुनेछ । सो अवधि सन् २०२५ सम्म रहनेछ ।पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो…
Read More
युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु

युरोपमा अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु

फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकसमक्ष आग्रह गरेको थियो । उता संयुक्तराज्य अमेरिकामा तोकिएको मितिअगावै १० करोड खोप दिने लक्ष्य पूरा गर्न लागेको अमेरिकी प्रशासनले जनाएको छ । राष्ट्रपति बाइडेनले खोपको उपलब्धता र वितरणमा कुनै समस्या आउन नदिने पटकपटक प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए । युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ सार्वजनिक गरेलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स,…
Read More
मटिगाड़ा – नक्सलबाड़ी विधानसभा क्षेत्रका भाजपा उम्मेदवार आनन्दमय बर्मनले चुनाव प्रचार शुरू गरे

मटिगाड़ा – नक्सलबाड़ी विधानसभा क्षेत्रका भाजपा उम्मेदवार आनन्दमय बर्मनले चुनाव प्रचार शुरू गरे

जीतको दावी ठोक्यो, कांग्रेसले कुनै विकास गरेन, टीएमसी भ्रष्टाचारमा लिप्त नक्सलबाड़ी विधानसभा क्षेत्रका भाजपा उम्मेदवार आनन्दमय बर्मनले शुक्रवारदेखि चुनाव प्रचार सुरु गरे। आज बिहान उनले भित्तामा पार्टीको चुनाव चिन्ह र नारा लेखेर आफ्नो चुनावी अभियान सुरु गरे। चुनावी अभियानको क्रममा उनीसँग सिलिगुडी जिल्ला भाजपाका नेता-कार्यकर्ता र समर्थकहरू उपस्थित थिए। उल्लेखनीय कुरा के छ भने, मटिगाड़ा - नक्सलबारी सीटबाट भाजपा उम्मेदवार आनन्दमय बर्मन लामो समयदेखि भाजपाको सिलिगुडी संगठनको विभिन्न पदमा छन्। निर्वाचन अभियानको क्रममा उनले राज्यको तृणमूल सरकारको असफलतालाई प्रकाश पार्दै जनतालाई भाजपालाई जिताउने अपील गरे। पछि पत्रकारसँग कुरा गर्दै आनन्दमारायण बर्मनले भने कि उनी एक स्थानीय उम्मेद्वार हुन्, त्यसैले उनको…
Read More
कोरोना संक्रमण बढेपछि पेरिस र फ्रान्सका १६ प्रान्तमा शुक्रबारदेखि फेरि पूर्ण लकडाउन

कोरोना संक्रमण बढेपछि पेरिस र फ्रान्सका १६ प्रान्तमा शुक्रबारदेखि फेरि पूर्ण लकडाउन

शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिस क्षेत्र र १६ प्रान्तमा चार हप्ताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो । प्रधानमन्त्री जँ कास्तेक्सले पूरै पेरिस क्षेत्रलगायत १६ फ्रान्सेली प्रान्तहरूमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएकाले त्यसलाई रोक्न पूर्ण लकडाउन गर्नुपरेको बिहीबार साँझ बताएका हुन् । कोरोना भाइरसको खासगरी परिवर्तित रुपले गर्दा महामारी फैलिएकाले कम्तीमा चार हप्ता लकडाउन गर्नुपरेको उनले उल्लेख गरेका छन् । उनको घोषणा अनुसार लकडाउन अवधिमा अत्यावश्यक बस्तुहरुका पसलहरु खाद्यान्न, औषधि पसल, सूर्तिजन्य र पत्रिका पसल, गाडी सर्भिसिङ सेन्टरहरु र किताब पसलहरुबाहेक अन्य सबै पसलहरु बन्द रहनेछन् । स्कुल र कलेजहरु खुलै हुनेछन् भने विश्वविद्यालयहरु भने…
Read More
रुसले अमेरिकाबाट राजदूत फिर्ता बोलायो

रुसले अमेरिकाबाट राजदूत फिर्ता बोलायो

रुसले अमेरिकास्थित राजदूतलाई बिहीबार फिर्ता बोलाएको छ । अमेरिकासँगको ‘उल्टाउन नसकिने क्षति’ रोक्न वार्ताका लागि राजदूत अनाटोली एन्टोनोभलाई फिर्ता बोलाइएको रुसको भनाइ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई चेतावनी दिएपछि राजदूतलाई फिर्ता बोलाइएको हो । अमेरिकी चुनावमा रुसले दक्खल दिएको आरोपबीच राष्ट्रपति बाइडेनले भ्लादिमिर पुटिनले त्यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिको प्रतिक्रिया जनाउँदै रुसले ‘वासिङ्टनले दुई देशीय सम्बन्ध एउटा अँध्यारो गल्लीमा पुर्‍याएको’ जनाएको छ । राजदूत फिर्ता बोलाइएको विषयबारे रुसी विदेश मन्त्रालयले भनेको छ, ‘हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निकै अप्ठ्यारो मोडबाट गुज्रिरहेको रुस–अमेरिका सम्बन्धलाई सच्याउने बाटो पहिचान गर्नु हो । वास्तविकता यो हो कि वासिङ्टनले त्यसलाई एउटा…
Read More
भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा जोखिम

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा जोखिम

विभिन्न राज्यमा लकडाउन भएपछि त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने र संक्रमण बढ्ने अनुमान भारतमा कोरोना संक्रमण विस्तारसँगै नेपालमा जोखिम बढेको छ । संक्रमण विस्तारका दृष्टिले आगामी एक महिना निर्णायक हुने विज्ञहरूले बताएका छन् । यो साता दिनहुँ संक्रमण वृद्धिदर न्यून छ । हाल शल्यक्रिया गराउने र विदेश जाने चार हजार जनाले परीक्षण गराइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को साप्ताहिक इपिडिमियोलजिकल अध्यावधिक विवरणअनुसार कोभिडको नयाँ संक्रमण विश्वव्यापी रूपमा बढिरहेको छ । गत साता १० प्रतिशतले संक्रमण बढेसँगै कोभिडको ३० लाखभन्दा बढी नयाँ केस रिपोर्ट गरिएको छ । भारतमा पछिल्लो समय ३० प्रतिशतले नयाँ केस थपिएको छ । ‘भारतसहित विदेशबाट आउनेलाई स्थानीय पालिकाहरूले घरमै भए पनि १०…
Read More
४० वर्षदेखि जेलमा रहेका दुर्गाप्रसादलाई लिन कोलकाता पुगे भाइ

४० वर्षदेखि जेलमा रहेका दुर्गाप्रसादलाई लिन कोलकाता पुगे भाइ

प्रकाशचन्द्र तिम्सिनाको मुहार हँसिलो छ आज । किनकि शुक्रबार उनी ४० वर्षदेखि जेलमा रहेका दाजु दुर्गाप्रसादलाई दोस्रोपटक भेट्दै छन् । यसपटक उनी दाजुलाई लिएर घरै फर्कनेछन् । ४० वर्षदेखि जेलमा रहेको दाजुलाई लिएर घर फर्किने कुराले ज्यादै उत्साहित छु,’ प्रकाशचन्द्रले कोलकातास्थित महावाणिज्य दूतावासको कार्यालय परिसरमा भने, ‘मभन्दा खुसी त आमा हुनेछिन् ।’ कोलकाताको दमदमस्थित सेन्ट्रल जेलमा रहेका इलामको माई नगरपालिका–१० लुम्बाकका दीपक जैसी भनिने दुर्गाप्रसादलाई छाड्न बुधबार कोलकातास्थित उच्च न्यायालयले आदेश दिएको थियो । ‘आज अदालतले दीपकलाई भाइ प्रकाशको जिम्मा लगाउनेछ’, वाणिज्य दूतावासका सेक्रेटरी सतीश थापाले भने, ‘केही अदालती प्रक्रियापछि उनलाई भाइको साथ लगाएर नेपाल पठाइनेछ ।’ हरेक ६ महिनामा दुर्गाप्रसादको मानसिक स्थितिबारे प्रकाशले कोलकातास्थित नेपाली…
Read More

स्पष्ट बहुमतमा छु, राजीनामा दिन्‍नँ : मुख्यमन्त्री शाही

सुर्खेत — कर्णाली प्रदेश प्रमुखको कार्यालयले बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता गरेको जानकारी गराएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलसहित १० जना उपस्थित बैठकले बुधबार मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उक्त जानकारी गराइएको हो । प्रदेश प्रमुख गोविन्द कलौनीका प्रमुख स्वकीय सचिव चूडामणि कलौनीले संसदीय दलको निर्णयबारे जानकारी गराएपछि मुख्यमन्त्रीले राजीनामा दिने वा संसद्बाट विश्वासको मत लिने निर्णय गर्न सक्ने बताए । ‘विश्वासको मत लिने हो भने सरकारले यथाशक्य संसद् अधिवेशन आह्वान गर्छ होला,’ उनले भने, ‘यसबारे मुख्यमन्त्रीले उचित निर्णय लिनुहोला ।’ मुख्यमन्त्री शाहीले भने अहिले पनि आफ्नो पक्षमा स्पष्ट बहुमत (२२ सांसद) कायमै रहेकाले…
Read More

‘रियल लाइफ’को भूमिका निभाउँदैमा फिल्म छुट्यो : बिपना थापा

काठमाडौँ — १ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी अभिनेत्री बिपना थापा अहिले गुमनामजस्तै छिन् । उनी फिल्म क्षेत्रबाट टाढिएको पनि १४ वर्ष भइसक्यो । उनको अन्तिम फिल्म 'वरमाला' हो । उनी बिहेपछि फिल्म क्षेत्रबाट टाढिएकी हुन् । अहिले उनी नेपाल फर्किएकी छिन् । बिपनासँग 'कमब्याक', अभिनय र जीवनका विषयमा रीना मोक्तानले गरेको कुराकानी : राम्रै भइरा'छ । पहिलोपटक २ वर्ष नेपालबाट टाढिएर बस्नु परेको थियो । कोरोनाले गर्दा गत वर्ष आउन सकिनँ । आफ्नो माइती आउँदाखेरी रमाइलै लागिरहेको छ । म वर्षमा २/३ पटक नेपाल आइरहन्थें । कोभिड त छँदै थियो, बीचमा पेटमा ट्युमरको समस्या भयो । ६ महिना बेड रेस्टमै थिएँ । त्यसकारणले २ वर्ष लम्बियो । यसपालि फिल्मी परिवारसँग पनि जमघट…
Read More
राजगञ्जको पानीकौरी नजिक राष्ट्रिय राजमार्गमा दुई ट्रक आपसमा टक्कर खाए।

राजगञ्जको पानीकौरी नजिक राष्ट्रिय राजमार्गमा दुई ट्रक आपसमा टक्कर खाए।

राजगञ्जको पानीकौरी नजिक राष्ट्रिय राजमार्गमा दुई ट्रक आपसमा टक्कर खाए। स्थानीय स्रोतका अनुसार ट्रक राजगञ्ज तर्फ ढुंगा लिएर आइरहेको थियो। ठूलो स्वरसहित येस्को विपरीत दिशाबाट आइरहेको ट्रकसित टक्कर भयो। साना ट्रकमा यात्रा गरिरहेका व्यक्तिहरु गम्भीर रूपमा घाइते भएका छन्।सबै पीडितलाई उद्धार गरी राजगञ्ज ग्रामीण अस्पताल र पछि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल लगियो। तिनीहरूको अवस्था गम्भीर छ। राजगञ्ज प्रहरी चौकी घटनास्थल तुरुन्त पुगेको थियो। घटनास्थल मा हुने मनिसहरुको अनुसार घटना बिहान ७ बजेतिर भएको थियो। ढुंगाले भरिएको ट्रक दुर्घटनामा नराम्ररी क्षतिग्रस्त भएको थियो। ठूलो ट्रकको चालक घटना पछि देखि भागेको अनि हराएको छ।
Read More