22
Mar
हरेक वर्ष प्रदान गरिने भारतको नेसनल फिल्म अवार्डमा यस वर्ष हिन्दी फिल्मका कलाकार मनोज वाजपेयी र तमिल फिल्मका कलाकार धनुषले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । वाजपेयीलाई 'भोंसले' र धनुषलाई 'असुरन' फिल्मका लागि उत्कृष्ट ठहर्याइएको हो । अभिनेत्रीमा भने हिन्दी फिल्म 'मणिकर्णिका' र 'पंगा'का लागि कंगना रनावत उत्कृष्ट घोषित भइन् । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म 'छिछोरे' उत्कृष्ट हिन्दी फिल्म घोषित भयो । अवार्ड घोषणा गत मे महिनामा नै गर्ने तयारी थियो । तर कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो । तमिल फिल्म 'सुपर डिलक्स'का लागि विजय सेतुपतीले सहअभिनेता र 'तास्कन्द फाइल्स' का लागि पल्लवी जोशीले सहअभिनेत्रीको अवार्ड पाइन् । प्रियदर्शनले निर्देशन गरेको मलयाली फिल्म 'मरक्कर लायन…
