North-East

कोइला खानी दुर्घटनामा चारको मृत्यु

कोइला खानी दुर्घटनामा चारको मृत्यु

उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको उद्धारकर्र्मीले पुष्टि गरेका छन् ।उनीहरुका शव शुक्रबार बिहान १०:३५ बजे फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ । बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए र आठ जनाको भने उद्धार गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Read More
कोरोना भाइरस खोप: भारतद्वारा कोभिशील्ड निकासीमा रोक, अरू विकल्प नेपाललाई किन असहज

कोरोना भाइरस खोप: भारतद्वारा कोभिशील्ड निकासीमा रोक, अरू विकल्प नेपाललाई किन असहज

नेपालले किनेको कोभिड खोप उपलब्ध गराउन केही सातादेखि सीरम इन्स्टिट्यूट अफ इन्डियाले आनाकानी गरिरहेको थियो। प्रतिडोज चार डलरमा किनिएको २० लाख मात्रामध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख मात्रा आपूर्ति गर्न बाँकी नै छ। तर भारत सरकारले नै अकस्मात् कोभिशील्डको निकासीमा अस्थायी रोक लगाउने भनेपछि नेपालको अन्योल झनै बढ्ने देखिन्छ। यसबाट कोरोनाभाइरसविरुद्ध सुरु गरिएको खोप अभियान प्रभावित हुने देखिएको छ। नेपालले हालसम्म भारत सरकारबाट अनुदानमा पाएको १० लाख मात्राको खोप, कोभ्याक्स सुविधाअन्तर्गत पाएको झन्डै साढे तीन लाख मात्रा अनि खरिद गरेकोमध्ये प्राप्त १० लाख मात्रा पाइसकेको छ। प्रारम्भिक चरणमा स्वास्थ्य तथा सफाइ कर्मचारीसहित अग्रपङ्क्तिका अनि त्यसपछि…
Read More
कोरोनाले ब्राजिलमा एकै दिन ३ हजारको मृत्यु

कोरोनाले ब्राजिलमा एकै दिन ३ हजारको मृत्यु

ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ३ हजार २ सय ५१ जनाको मृत्यु भएको पुष्टि गरेका बीबीसीले उल्लेख गरेको छ ।  यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । बुधबार साँझसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ६ सय ७६ पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ । यसअघि कोरोनाका कारण लकडाउन नगर्ने र मास्कको प्रयोगको आलोचना गर्ने राष्ट्रपति जैर…
Read More
अमेरिकामा कोभिड १९का संक्रमितको संख्या तीन करोड नाघ्यो

अमेरिकामा कोभिड १९का संक्रमितको संख्या तीन करोड नाघ्यो

अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस कोभिड–१९ का संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् । गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो ।मृतकको संख्या पनि पछिल्ला केही समयमा तीब्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ…
Read More
सुरक्षाबलको कारबाहीमा परी बाह्र तालिबानी लडाकू मारिए

सुरक्षाबलको कारबाहीमा परी बाह्र तालिबानी लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य पाँच तालिबान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ । तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित सो कारबाही भएको थियो । कान्दाहार प्रान्तको आर्घान्दाब र मिवान्द जिल्ला तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित भएको यस कारबाहीको क्रममा १२ लडाकू मारिनुको साथै अन्य पाँच घाइते भएका थिए ।यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ । यस कारबाहीको क्रममा सर्वसाधारण नागरिक र सुरक्षा अधिकारीहरु भने हताहत नभएका समाचारमा जनाइएको छ । तालिबान…
Read More
बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा

बङ्गलादेश स्थापनाको ५० वर्ष, अर्थतन्त्रमा व्यापक प्रगति, अधिकार कटौतीले निराशा

बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ । पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा परिने वा त्योभन्दा कडा सजाय भोग्नुपर्ने हुनसक्छ ।ए.बी.एम. शमशुद्दीन बङ्गलादेशको आर्थिक प्रगतिबाट राम्रै लाभ प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले सन् १९९८ मा ११० वटा मेसिन र २५० जना कामदार राखेर एउटा स्वीटर बनाउने कारखाना खोल्नु भएको थियो । अहिले शमशुद्दीनको हन्नान समूहका पाँच वटा कारखानाले दुई दर्जन युरोपेली ब्रान्डका लागि तयारी…
Read More
भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए

भारतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित थपिए

भारतमा पछिल्लो चौबीस घण्टामा ५३ हजार ४७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितसँगै भारतमा कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको भारतको परिवार कल्याण्ड तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएको छ । कुल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।सोही अवधिमा कुल सङ्क्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि सङ्क्रमित अवस्थामै छन् भने कुल एक करोड १२ लाख ३१ हजार ६५० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा जनवरीबाट…
Read More

नयाँ भेरियन्टका कारण संक्रमित बढेको हुनसक्छ : विज्ञ

काठमाडौँ — सीमावर्ती भारतीय राज्यहरुमा कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै नेपाल सरकारले पुनः सतर्कता अप्नाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । विगत एक सातायता नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोना संक्रमितको संख्यामा भारी वृद्धि देखिएको छ । नेपालमा पनि अझ विशेष गरेर काठमाडौं उपत्यकामै विगत एक सातायता संक्रमितहरुको संख्या उकालो लाग्न थालेको छ । यस्तै संक्रमितहरुको संख्या बढ्नुको कारण कुनै नयाँ भेरियन्टले गर्दा पनि हुनसक्ने विज्ञहरुले आशंका गरेका छन् । जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारीका अनुसार भाइरसलाई फैलनका लागि सयम र स्थान दिएको खण्डमा अनुवांशिक गुण परिवर्तन गरेर फैलिन थाल्छ । ‘मलाई…
Read More

संक्रमण उच्च हुनगएमा लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए । उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’ उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड…
Read More
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएको छ । थपिएका मृतकसँगै कुल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। चौबीस घण्टाको अवधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।भारतमा गत जनवरीमा कोभिडविरुद्धको खोप अभियान सुरु भए यता हालसम्म करिब पाँच करोडले कोरोनाविरुद्धको खोप…
Read More