23
Apr
यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ । शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्याङ्कमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्दा बढी नागरिक यसका सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्या भारतमा अहिलेसम्ममा एकै दिन देखिएको सङ्क्रमणको सबैभन्दा ठूलो सङ्ख्या भएको बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता २ हजार २६३ जनाको ज्यान गएको छ । यसरी कोरोना भाइरसको सङ्क्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।यसरी भारतमा अहिलेसम्ममा यो सङ्क्रमणबाट १ करोड ६२ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित हुन…
