12
Dec
बितेका केही हप्ताबीच ‘राजा आऊ, देश बचाऊ’ भन्दै राजावादीहरूले केही हजार मोटरसाइकल र केही सय साना गाडीसहित संघीय राजधानी लगायतका सहरहरूमा प्रदर्शन गरे । सामाजिक सञ्जालहरूमा गणतन्त्रका निम्ति विगतमा उर्लिएका जनसागरका फोटाहरूसमेत काटकुट गरेर राख्दै उनीहरूले गणतन्त्रका विरुद्धमा जनता देशव्यापी उठेको प्रचारसमेत गर्न भ्याए । तर जेजति संख्यामा भए पनि यो त यथार्थ हो, राजावादीहरू सडकमा आए । यी प्रदर्शनहरूसँगै एउटा प्रश्न सतहमा आएको छ— के राजावादीहरूको संख्या बढेको हो ? अहिलेका प्रदर्शनहरू केही महिनादेखिको तयारीमा भएका हुन् तर देशभरिमा एक लाख मानिस पनि सडकमा देखा नपर्नु भनेको राजावादीहरूको वृद्धि भएको मान्न सकिने अवस्था पटक्कै होइन । राजतन्त्र ब्युँताउनुपर्छ भन्ने राप्रपा हाक्काहाक्की एकाध…
